coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

तीन स्रष्टालाई पुरस्कार

स्रष्टा समाजको पुरस्कार

काठमाडौं–नेपाल स्रष्टा समाजले २०७७ सालमा प्रदान गर्ने तीन वटा पुरस्कारहरूको घोषणा गरेको छ। उसले साहित्यकार तोया गुरुङलाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’, अध्येता उत्तमप्रसाद पन्तलाई ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ र संस्कृतिकर्मी इन्द्रा गहतराजलाई ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ दिने निर्णय गरेको हो।  

गुरुङ र पन्तलाई जनही २५ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिनेछ भने गहतराजको पुरस्कार राशी ११ हजार १ सय ११ रुपैयाँ छ। लकडाउनका कारण औपचारिक कार्यक्रम गर्ने वातावरण नभएकाले अनुकूल समयमा पुरस्कार हस्तान्तरण गरिने समाजका अध्यक्ष विधान आचार्यले बताए।  

प्राज्ञ माया ठकुरीको संयोजकत्वमा बसेको पुरस्कार छनोट समितिको सिफारिसका आधारमा समाजले आइतबार पुरस्कृत हुनेहरूको घोषणा गरेको हो। समाजसुधारक योगमायाले आफ्ना ६८ अनुयायीका साथ विसं १९९८ मा उत्सर्ग गरेको दिन असार २२ लाई समाजले योगमाया दिवसका रुपमा मनाउँदै आएको छ।  

प्रकाशित: २४ असार २०७७ १३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App