२८ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रेम नम्बर

मेरो कविताले ठूलो ओखतीको काम गरेछ! ‘तिम्रा कविता दिनमा धेरै पटक सुनें। ममा बाँच्ने चाहना बढेको छ। आत्मबल बढेको छ’, एकाबिहानै उसले भन्यो, ‘अहिले म हिँड्न सक्ने भएँ। नत्र त मरिसक्थें होला! आखिर यो संसारमा मलाई माया गर्ने पनि कोही त रहेछ!’

बुहारी कजाउनी मन भए...

जिउती विवाह संस्कारभित्र पर्ने एउटा महत्वपूर्ण विधि हो। विवाहका दिन केटाको घरको भित्तामा लेखिने चित्रलाई ‘जिउती चित्र’ भनिन्छ। यो चित्र मेट्ने दिन गाइने गीतलाई ‘जिउती मेट्ने गीत’ भनिन्छ।

फाल्गुनन्द हिँडेको बाटोमा...

किरात धर्मसंस्कृतिको उन्नयन, मानवता, अहिंसा, शान्ति र प्रकृति संरक्षणका लागि धेरै काम गरे उनले। आफ्ना महान् कर्मका कारण उनै फाल्गुनन्द लिङ्देन पछि चिनिए किराँत धर्मका महागुरु र समाजसुधारकका रूपमा।

भागिरहेकी शरणार्थी

यो अनकन्टार रातमा धेरै धेरै टाढा मेरो गाउँका नानीहरू कुकुर भुके पनि निदाइरहेका होलान् बन्दुक भुके पनि निदाइरहेका होलान् आँखामा डरलाग्दो डर बोकेर गाउँलेहरू जाग्राम बसिरहेका होलान्

‘कोही मान्छे पढ्न भनेर कोरिया जान्छ र?’

हाम्रो कोर्स चार सेमेस्टर थियो। हामीलाई विश्वविद्यालयबाट हरेक हप्ता कोरियाका कृषि केन्द्र, औद्योगिक केन्द्र, पर्यटन केन्द्र, व्यापारिक केन्द्र, ठूलो कम्पनी, मुद्रा छाप्ने ठाउँ, ऐतिहासिक ठाउँ लगायत महत्वपूर्णस्थलमा घुमाइन्थ्यो।

कोरोनाको मृत्यु

तँ यति बदनाम भइस् कि अरू कुनै कमजोरीले मान्छेलाई ज्वरो आउँदा, टाउको दुख्दा, खोकी लाग्दा, सास फेर्न गाह्रो हुँदा पहिलो शंका तैँतिर जान्छ ।

स्पेयर टायर

‘संसारको सबैभन्दा सुन्दर चिज यौन हो तर त्यो धरापमा छ’ अचाडु र बेशुद्धि भएकाले पक्कै यसो भनेको होइन होला । दम छ यसमा । दामी पनि छ वाणी । जुन कुरामा दम छ त्यो दामी पक्कै हुन्छ ।

म बाघको डमरु हुँ

सत्ता स्वार्थमा नरुमलिएको भए हाम्रो काँगडादेखि टिस्टासम्मको जमिन त्यतिबेलै फिर्ता आउने थियो। त्यो त गयो, तर त्यसपछि पनि काली नदीवारि आएर दुश्मन बस्दा समेत हाम्रा सन्ततिले केही गरेनन्।

तापिरिचा माविको सन्देश

शिक्षासेवी सेम्दुक लामाको अगुवाईमा खोलिएको तापिरिचा मावि डोल्पाकै नमूना विद्यालय रहेछ। शिक्षकविद्यार्थीका लागि आवासिय सुविधा छ।

सुहागरात

ढोकाको साइडमा उभिएको सुवासले मायालाई च्याप्प समाएर काखमा उचाल्यो र तीन फन्को घुमायो। अनि दराजको ऐनाअघि उभ्याएर मोतिको माला लगाइदियो।

पागलप्रेमी

एक दिन उनले मलाई ‘म तिमीलाई माया गर्छु’ भनेर गुलावको फूल दिइन्। म लाजले भुतुक्कै भएँ। केही उत्तर दिन सकिनँ। अर्को दिन हामी दुवैका आँखा जुधे। लुसीको माया लागेर आयो। भनिदिएँ, ‘म पनि तिमीलाई माया गर्छु।’

आफ्नै लयमा भक्तपुर

प्रकृति, संस्कृतिदेखि मानिसको जीवनमा परिवर्तन अनिवार्य नियम हो । प्राचीन सहर भक्तपुर स्वाभाविक परिवर्तनको नियमित गतिमा अघि बढिरहेको छ । परिवर्तनको गति अँगाल्दै चार वर्षअघिको भूकम्पले थचारेको यो सहर अहिले पुनः ऊर्जाशील भएर अघि बढ्न खोजिरहेको भान हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्