हामीले गर्दै सिक्ने प्रक्रियाअनुसार व्यवस्थापनको महत्व पनि राम्रैसँग सिकेका छौँ। जसले हाम्रो जीवनमा प्रतिकूलताभित्र पनि अनुकूलता सिर्जना गर्ने सिप भित्र्याइदिएको छ। लाग्छ, अरू दिदी/बहिनीले पनि यो सिप सिकेमा जीवन सुन्दर हुनेछ।
बाटो जतिसुकै अप्ठेरो किन नहोस्, अझ अक्करे भिरका मुटु नै लुगलुग कमाउने साँघुरा गोरेटोमा नै पाइला नाप्न किन नपरोस्? यात्राको उत्कर्षमा टेकेपछिको असीम आनन्दका तुलनामा ती सबै फिक्का लाग्छन्। कठिनाइले कहाँ छेकिँदोरहेछ र गन्तव्य ? यात्रामा निस्किएको पाँचौ दिन फोक्सुन्डो ताल पुग्दा निकै प्रफुल्लित भयो मन।
घनश्यामकै होटलमा अर्का एक अनौठा पात्र भेटिए। उनले परिचय दिए, ‘म बलिगुरु माथि पाथिभरा मन्दिरको।’ उनका कुरा सुनेर छक्क पर्दै मैले सोधें, ‘मैले त पहिलो चोटि सुनेँ यो शब्द नै आज! बताइदिनुहोस् न हजुर कस्तो काम गर्ने गुरुलाई बलिगुरु भनिन्छ?’
किरात धर्मसंस्कृतिको उन्नयन, मानवता, अहिंसा, शान्ति र प्रकृति संरक्षणका लागि धेरै काम गरे उनले। आफ्ना महान् कर्मका कारण उनै फाल्गुनन्द लिङ्देन पछि चिनिए किराँत धर्मका महागुरु र समाजसुधारकका रूपमा।