सीताराम नेपाल
पुसको ठन्डी, चिसोको पराकाष्ठा । एक दिन घाम लागिरहेको देखेर घाम भएतिर जादै थिएँ । चिसोले कक्रिएर नाङ्गिएको रूखले आदेश दियो, ‘आऊ, मेरो सियाँलमा बस ।’
मलाई रूखको कुरा सुनेर अचम्म लाग्यो । जो पुसको चिसोले कठ्याङ्ग्रिएर जीवनमरणको दोसाँधमा छ उसैको कत्रो फूर्ति ।’
मैले उसले भनेको टेरिन । घाम भएतिर लम्केँ ।
रूख फेरि करायो, ‘घामतिर नजाऊ। घामले पोल्छ ।’
म रूखको दुस्साहस देखेर छक्क पर्दै भनेँ, ‘पुसको घामले कहिल्यै पोल्दैन । बरु पुसमा रूखको सियाँँलमा बस्नु भनेको जाडोले थप कठ्याङ्ग्री माग्नु हो । यस्तो मूर्खता कसैले पनि गर्दैनन् ।’
प्रकाशित: २४ असार २०७७ १०:३१ बुधबार