२८ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

महिला टी-२० विश्वकपः भारतलाई पराजित गर्दै अस्ट्रेलिया सेमिफाइनलमा

अस्ट्रेलिया आईसिसी महिला टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । 

आइतवार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा भारतलाई ९ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया अन्तिम चारमा प्रवेश गरेको हो । अस्ट्रेलियाले लिग चरणका सबै चारै खेलमा जित निकाल्यो । 

टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको अस्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५१ रन बनायो। १५२ रनको लक्ष्य पछ्याएको भारतीय टीमले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १४२ रन मात्रै बनाउन सक्यो।

हारपछि भारतको सेमिफाइनल सम्भावना कठिन बनेको छ । चार खेलबाट मात्र ४ अ‌क भएको भारत तालिकाको दाेस्रो स्थानमा छ । भारतलाई सेमिफाइलनमा पुग्न सोमबार हुने पाकिस्तानसँगको खेलमा  न्युजिल्याण्ड पराजित हुनु पर्नेछ । पाकिस्तानले समेत साँधुरो जित निकाल्न पर्नेछ । 

समूह एमा रहेको अस्ट्रेलियाको ८, भारत र न्युजिल्यान्डको समान ४-४ र पाकिस्तानको २ अंक छ । श्रीलंका भने अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

प्रकाशित: २७ आश्विन २०८१ २३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App