२८ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत र क्यानडाबीच फेरि विवाद बढ्यो, आफ्ना कुटनीतिज्ञलाई फिर्ता बोलाउँदै भारत

भारत र क्यानडाबीच फेरि विवाद बढेको छ। भारतले क्यानडामा रहेका आफ्ना कुटनीतिज्ञलाई फिर्ता बोलाउने घोषणा गरेको छ।

क्यानडामा रहेका भारतीय उच्चायुक्त संजय कुमार वर्मा र अन्य भारतीय कुटनीतिज्ञमाथि क्यानडा सरकारले २०२३ जूनमा खालिस्तान समर्थक एक्टिभिस्ट हरदीप सिंह निज्जरको हत्यामा संलग्नता रहेको भन्दै अनुसन्धान सुरु गरेको छ। जसको भारतले विरोध जनाउँदै आफ्ना कुटनीतिज्ञलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

बीबीसीका अनुसार दिल्लीस्थित क्यानडा राजदूतावासमा भारत सरकारले पत्र पठाउँदै क्यानडामा रहेका आफ्ना अधिकारीहरू असुरिक्षत रहेको र क्यानडा सरकारको उक्त कदमको घोर भर्त्सना गरेको उल्लेख गरिएको छ।

भारतीय विदेश मन्त्रालयले क्यानडा सरकारले भारतीय कुटनीतिज्ञमाथि लगाइएको आरोपलाई अस्विकार गरेको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले गत वर्षको सेप्टेम्बरमा निज्जरको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आरोप लगाएका थिए। सोही समयदेखि भारत र क्यानडाबीचको सम्बन्ध चिसिएको छ।

प्रकाशित: २८ आश्विन २०८१ २०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App