लता केसी
विवेक पढेलेखेको थियो । भर्खरै मात्र उच्च शिक्षा हासिल गरयो । घरानिया परिवारमा जन्मेको थियो । जल्दोबल्दो युवाशक्ति समाजमा ऊ प्रतिष्ठित पनि थियो ।
एकजना पत्रकार विवेकसमक्ष पुगे र एउटै प्रश्न सोधे, ‘ तपाईं कुन दलको ?’
‘दलमा विश्वास गर्दिन । म तटस्थ हुँ ।’ पक्ष र विपक्षको खेलले म दिक्क भएँ । दल र समूहको भावनाले जनमानसमा विभेद भएको महसुस गरेँ ।
उसको विचारबाट प्रभावित भएर पत्रकारले भन्यो, ‘ तपाईं जस्ता युवा देशलाई खाँचो छ । देश अग्रगमन खोजिरहेछ ।’
सिङ्गो देश उसको विचारबाट प्रभावित भयो । जनताले कुशल नेतृत्वको भागीदार बनाए । समयको कालखण्डमा ऊ दौडिदै थियो । एकपटक ऊ भाषणको मैदानमा उत्रियो । उसले दमदार भाषण गरयो । सबैले तालीको गडगडाहटले स्वागत गरे। ऊ भन्दै थियो, ‘ तटस्थ समूह , जिन्दावाद !’
प्रकाशित: २७ असार २०७७ ०६:३२ शनिबार