२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

उज्यालो यो मुस्कान देखी

गीत

विकराल ए

उज्यालो यो मुस्कान देखी उदास औंसी मेट्न आएँ,

तिम्रो  न्याँस्रो  लाग्यो  र पो  तिमीलाई भेट्न आएँ ।

प्रेमको  यो  सागरमा तिमीसंगै  बगनलाई,

दुःखसुख जिन्दगीको संगै मिली काट्नलाई ।

हजार फूलको तिमी रानी र पो तिम्लाई देख्न आएँ,

तिम्रो न्याँस्रो  लाग्यो र पो  तिमीलाई भेट्न आएँ ।

मन  हुँदै   मुटुभित्र   तिमीलाई  नै  राखेको छु,

प्रिती फुल्ने मायाले नै आफ्नै  संसार बुनेको छु ।

तिम्रै  माया  छ र पो  तिम्रो  बाटो  छेक्न आएँ,

तिम्रो न्याँस्रो लाग्यो र पो तिमीलाई भेट्न आएँ ।

प्रकाशित: ५ श्रावण २०७७ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App