श्रीराम राई
त्यसैत्यसै दुखिरहने शूल रैछ जीवन,
काँडाबीच फुलिरहने फूल रैछ जीवन ।
मनको फाँटमा शीत पर्छ खेप्नै पर्ने रैछ,
आफ्नैले घात गर्छ खेप्नै पर्ने रैछ ।
चोखो मनले पारि तार्ने पुल रैछ जीवन,
काँडाबीच फुलिरहने फूल रैछ जीवन ।
असक हुँदा आफन्त पनि टाढा हुने रैछ,
पहरामा जिन्दगीको रङ गाढा हुने रहेछ ।
सिर्जनामा बगिरहने मूल रहेछ जीवन,
काँडाबीच फुलिरहने फूल रैछ जीवन।
प्रकाशित: ३ श्रावण २०७७ १९:५८ शनिबार