२८ आश्विन २०८१ सोमबार
image/svg+xml

सुन्न नपाएको उत्तर

झन्डै वर्ष दिन पछि, एक दिन म त्यही कफी सपमा एक्लै कफी पिइरहेकी थिएँ। लामो दारीसहित मलिन अनुहार लिएर ऊ मतिर आइरहेको थियो, तर मलाई देख्नेबित्तिकै फर्कियो। मैले दिलमा चोट पाएको महसुस गरेँ। उसले किन नचिनेको जस्तो ग-यो ? सम्झिएँ– मैले नै उसलाई नभेट्न भनेकी थिएँ।

नागपञ्चमी नालिबेली

नागपूजाका लागि नागपञ्चमीको दिन बिहानै उठी स्नान गरिन्छ । त्यसपछि दियो, कलश र गणेशको पूजा गरी दूध, दही, घिउ, चिनी, मह (पञ्चामृत), अघ्र्य, चन्दन, अक्षता, तिलजौ, फूल, दूबो आदिले नागको पूजा गरी दूध र लावाको नैवेद्य चढाइन्छ । केरा वा कुनै पनि वनस्पतिका पातमा गोबरको नाग बनाई पूजाआजा गर्ने विधान पनि छ ।

धन्यवाद प्रोफेसर चो !

एउटा विद्यार्थीको पढ्ने सुन्दर सपनालाई गरीबीले कसरी सताउँछ त्यसको उदाहरण पस्किए उनले। गरीबीमा पनि बुबाले संघर्ष गरेकाले नै आफूले संसार हेर्न पाएको कुरा उनले सुनाउँदा हाम्रा आँखा भरिए।

सेतो पछ्यौरा

आमाका आँखासँग उसका आँखा जुधेपछि ऊ एकाएक छाँगाबाट खसेझैँ भयो। काँस फुलेझैँ रङ्गहीन बनेकी आमालाई देखेपछि ऊ सम्हालिन सकेन। ऊ तुरुन्तै भकारीभित्रको जेलमा छि-यो र थचक्क बस्यो।

नाटककी नायिका

लामो कपाल, मिलेका सुन्दर नशालु आँखा जसबाट अनेकौं कविताहरू लेख्न सकिन्छ। मिलेको गोलो अनुहार भएकी उनी भोलाको अगाडि छिन् अहिले। एकछिन हेरिरहन्छ उनलाई। उसलाई विश्वास गर्न गाह्रो भइराखेको थियो, अघि बाटोमा भेट भएकी र उसको सामुन्ने बसिराखेकी केटी एउटै हो भनेर।

गण्डकी प्रज्ञा प्रतिष्ठान विधेयकमाथि असन्तुष्टि

गण्डकी प्रदेशको संसदमा प्रस्तुत विधयेकका दफाले प्रतिष्ठानलाई स्वायत्त बन्न नदिने भएकाले संशोधन गर्न विद्वानहरूले सुझाब दिएका छन्।

फुँयालको उपन्यास ‘गौरिका’ प्रकाशित

फुँयालले आफ्नो उपन्यासमा वैदेशिक रोजगारीले पारेको प्रभाव चिरफार गर्दै क्रान्तिकारी विचारलाई अघि बढाएका छन्।

बन्दाबन्दी

खै कुन बिहानी अन्तिम हुने हो । खै कुन भेट अन्तिम हुने हो । खै कुन बोली अन्तिम हुने हो । थाहा छैन । तथापि सम्झनेका लागि दूरी टाढा हुँदैन । याद गर्नलाई बन्धन बाधा हुँदैन । यति केही नगर्नेलाई कुनै वास्ता हुँदैन । कुनै वास्ता नगर्ने साथी पनि हुँदैन ।

दीपेन्द्रसिंह थापाका तीन गीत

जिन्दगीको किताबभित्र फूलकाँडा सँगै, घाम भेट्दा छायाँ पनि नजिकटाढा सँगै। जानीजानी पनि लडेँ नजानेरै लडेँ, काँडाहरू टेकीटेकी कान्लामाथि चढेँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्