२३ वैशाख २०८१ आइतबार
image/svg+xml

दीपक र सुष्मा सर्वाेत्कृष्ट खेलाडी

एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङ १८औं एनएनआइपिए स्पोर्ट्स अवार्डमा वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

मोरङ अटो वर्क्स–जेसीबीलाई २०२३ को उत्कृष्ट डिलर अवार्ड

मोरङ अटो वर्क्स–जेसीबीले २०२३ को उत्कृष्ट दक्षिण एसिया क्षेत्रको डिलर अवार्ड जितेको छ।

आयुसलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सञ्चालन हुने ‘आहा रारा पोखरा गोल्डकप’को २३ औँ संस्करणको उद्घाटन समारोहमा सो सम्मान गर्न लागिएको हो।

इन्डो नेपाल करातेमा श्रीयांश र लक्ष्मी सर्वोत्कृष्ट

नवौं इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ। पुरुष खुला तौलसमूहमा स्वर्ण विजेता मित्रपार्क डोजोका श्रीयांश शाही र महिला ३५ केजीमुनि तौलसमूहकी स्वर्ण विजेता कालिका शरण स्कुलकी लक्ष्मी वाइबा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बने।

एसिसी प्रिमियर कप : सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी

नेपालका स्पिनर सन्दीप लामिछाने एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन। नेपाललाई अपराजित रहँदै एसिया कपमा पुर्याउन सफल सन्दीप लामिछानेलाई यो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घाेषित गरिएको हो।

एमबिबिएस प्रवेश परीक्षाका सर्वोत्कृष्ट विद्यार्थी भन्छन्: सफलताको साँचो आत्मविश्वास

‘स्कुलदेखि नै कुनै पनि विषय बुझेर अनि बुझेको कुरा लेखेर अध्ययन गर्ने बानीले मलाई सफल हुन सहयोग गर्‍यो । कक्षा नियमित जान्थें। शिक्षकले पढाएको विषयलाई फेरि आफैंले बुझेर पढ्थें । पढाइलाई सहयोग गर्ने विज्ञानका किताब बढी पढ्ने मेरो बानीले धेरै सहयोग गर्‍यो।’

सुशान्तकाे 'छिछोरे' सर्वोत्कृष्ट चलचित्र, कंगना सर्वोत्कृष्ट अभिनेत्री

भारत सरकारले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार घोषणा भएको छ। ६६औं राष्ट्रिय चलचित्र पुरस्कारमा नितेश तिवारी निर्देशित स्वर्गीय सुशान्त सिंह राजपूत अभिनित 'छिछोरे' ले सर्वोत्कृष्ट चलचित्र पुरस्कार जित्न सफल भएको छ।

गौरिका र मन्देकाजी सर्वोत्कृष्ट खेलाडी

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीतर्फ नेपाललाई चार स्वर्ण पदक दिलाएकी गौरिका सिंह तथा करातेमा दुई स्वर्ण दिलाएका मन्देकाजी श्रेष्ठलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले वर्ष २०७६ को सर्वोत्कृष्ट खेलाडी घोषित गरेको छ।

भेटिएन सर्वोत्कृष्ट कर्मचारी

हरेक वर्ष भदौ २२ गते निजामती दिवसको अवसर पारेर सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती कर्मचारी पुरस्कार घोषणा गर्ने गरेको थियो। तर सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेट्टाएन। विगत ४ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी पुरस्कार घोषणा गर्न छाडेको छ।

निजामतीमा सर्वोत्कृष्टताको खडेरी !

केही वर्षदेखि २ लाख पाउने सर्वोत्कृष्ट कर्मचारी किन पाइएनन् ? ८६ हजारको ठूलो संगठनभित्र एउटा उदाहरणीय कर्मचारीको खडेरी परेकै हो त ?

सगुनको मुनाफा पौने तीन करोड

प्रदेश २ कै सर्वोत्कृष्ट सहकारीको रुपमा पुरस्कृत सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोमबार २० औं साधारण सभा सम्पन्न भएको छ।

पोखरा स्पोर्ट्स अवार्डमा मनोनयन

चौथो टिभिएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड–२०७५ को सर्वोत्कृष्ट खेलाडी पुरुषमा युकेश गुरुङ (प्याराग्लाइडिङ), रूपक नेपाली (फुल कन्ट्याक्ट कराते) र अमृत थापा (स्क्वास) मनोनित भएका छन्।

अनु र कमलबहादुर वर्ष सर्वोत्कृष्ट खेलाडी

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)को ‘एनएनआइपिए वर्ष सर्वोत्कृष्ट खेलाडी २०७४’ बाट करातेकी अनु अधिकारी र भारोत्तोलनका कमलबहादुर अधिकारी शुक्रबार सम्मानित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्