७ पुस २०८१ आइतबार
image/svg+xml
खेल

पोखरा स्पोर्ट्स अवार्डमा मनोनयन

चौथो पोखरा स्पोर्टस अवार्ड २०७५ को मनोनयन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन। तस्बिर: उमेश पुन/नागरिक

पोखरा - चौथो टिभिएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड–२०७५ को मनोनयन सार्वजनिक भएको छ। खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले यही जेठ २४ गते हुने चौथो संस्करणको अवार्डको विभिन्न ४ विधामा ३/३ जनाको नाम शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

चौथो टिभिएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड–२०७५ को सर्वोत्कृष्ट खेलाडी पुरुषमा युकेश गुरुङ (प्याराग्लाइडिङ), रूपक नेपाली (फुल कन्ट्याक्ट कराते) र अमृत थापा (स्क्वास) मनोनित भएका छन्।

सर्वोत्कृष्ट महिला खेलाडीमा सुमी श्रेष्ठ (फूल कन्ट्याक्ट कराते), श्रेया केसी (सुटिङ) र प्रीति बराल (सफ्ट टेनिस) मनोनित भए।त्यस्तै, वर्षको उत्कृष्ट उदीयमान खेलाडीमा अर्जुन कुमाल (क्रिकेट), अनुष्का शेरचन (आर्चरी) र सुस्मिता थापामगर (आइटिएफ तेक्वान्दो) परेका छन्।

वर्षको उत्कृष्ट प्रशिक्षक विधामा दीपक गोदार (फुल कन्ट्याक्ट कराते), भीमसेन शाक्य (ह्यान्डबल) र राजेन्द्र पाठक (हक्की) मनोनयनमा परेका छन्। खेलाडीले गत वर्ष २०७५ मा देखाएको पर्फमेन्स र प्राप्त अचिभमेन्टलाई आधार मानेर ३÷३ जना खेलाडी मनोनयन गरिएको आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ। मनोनितमध्ये सर्वोत्कृष्ट ठहरिने खेलाडीलाई अवार्ड प्रदान गरिने प्रतिभा छनोट समितिका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए। उनका अनुसार जुरी कमिटी र भोटिङका आधारमा अवार्डका लागि खेलाडी छनोट गरिनेछ। जसमा जुरी कमिटी र भोटिङ पचास÷पचास प्रतिशत राखेर अवार्ड प्राप्त गर्ने खेलाडी छनोट गरिने उनले स्पष्ट पारे।

कास्कीमा रही ५ वर्षदेखि खेलकुदको क्षेत्रमा कलम चलाउँदै आएका एक जना खेल पत्रकारलाई नगद २० हजारसहित दोसल्ला र ताम्रपत्रले पुरस्कृत गर्ने मञ्चले जनाएको छ।

यसै गरी खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षको सर्वोत्कृष्ट खेल संघलाई पनि अवार्ड प्रदान गर्ने भएको छ। अवार्ड वितरण समारोहमा वर्षको सर्वोत्कृष्ट संघलाई नगद १५ हजारसहित ट्रफी प्रदान गर्ने जनाइएको हो। यसैगरी मञ्चले वर्षको उत्कृष्ट खेल पत्रकारिता पुरस्कारबाट पनि गण्डकी प्रदेशका एक जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। कास्कीमा रही ५ वर्षदेखि खेलकुदको क्षेत्रमा कलम चलाउँदै आएका एक जना खेल पत्रकारलाई नगद २० हजारसहित दोसल्ला र ताम्रपत्रले पुरस्कृत गर्ने मञ्चले जनाएको छ। यसै गरी सर्वोत्कृष्ट महिला, सर्वोत्कृष्ट पुरुष र वर्षको उदीयमान खेलाडी विधामा मनोनयनमा परेका मध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने एक जनालाई पपुलर वर्ष खेलाडी घोषणा गरेर नगद २५ हजारसहित ट्रफी, दोसल्ला र सम्मान पत्रले सम्मान गरिने मञ्चका अध्यक्ष गिरीले जानकारी दिए। भोटिङ केही दिनपछि खुला गरिने उनले बताए।

सर्वोत्कृष्ट पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई टिभिएस अपाचे मोटरसाइकल, ट्रफी, ताम्रपत्र र दोसल्ला तथा सर्वोत्कृट महिला विधामा अवार्ड प्राप्त गर्नेलाई टिभिएस विगो स्कुटर, ट्रफी र दोसल्लाले सम्मान गरिनेछ।

त्यस्तै, वर्षका उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा अवार्ड प्राप्त गर्नेलाई नगद २५÷२५ हजार, ट्रफी र दोसल्लाले सम्मान गरिने जनाइएको छ। त्यस्तै, सर्वोत्कृष्ट पुरुष र खेलाडीलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक/एक थान मोवाइलसमेत प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए।

लाइफटाइम अचिभमेन्ट अवार्ड गुरुङलाई

खेलकुद पत्रकार मञ्च गण्डकीले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका  अन्तर्राष्ट्रिय पूर्वखेलाडी चित्रबहादुर गुरुङलाई सम्मान गर्ने भएको छ। वि.स.२०१८ सालमा जन्मिएका गुरुङले आधा दर्जन पदक जितेका छन्। उनले चीनमा भएको एघारौं एसियाली खेलकुद प्रतियोगितामा कांस्य, तेस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत र पाकिस्तानमा भएको चौथो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण जितेका थिए।

स्याङ्जा मनकामना २ मा जन्मिएका गुरुङ हाल वन विज्ञान अध्ययन संस्थान रामबजार पोखरामा खेल शिक्षकका रूपमा कार्यरत छन्। लाइफटाइभ अचिभमेन्ट अवार्ड प्राप्त गर्ने गुरुङलाई चाँदी जडित अवार्ड, सम्मान पत्र र दोषल्लाले सम्मान गरिने मञ्चका अध्यक्ष गिरीले जानकारी दिए।

प्रकाशित: १२ जेष्ठ २०७६ ००:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App