२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दीपक र सुष्मा सर्वाेत्कृष्ट खेलाडी

एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङ १८औं एनएनआइपिए स्पोर्ट्स अवार्डमा वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआइपिए) को आयोजनामा सोमबार शंखमूलस्थित यल दरबारमा सम्पन्न अवार्डमा दीपक पुरुषमा र सुष्मा महिलामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। दीपक गत वर्ष २०७९ को फागुनमा नेपालमै सम्पन्न १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा दोहोरो स्वर्ण विजेता हुन्। सुष्माले भने थाइल्यान्डमा सम्पन्न एएसबिसी यु–२२ एसियन बक्सिङ च्याम्पियनसिपको ४८ केजी तौलसमूहमा रजत पदक जितेकी थिइन्। एसियाली च्याम्पियनसिपमा सुष्माको रजत पदक नै नेपाली बक्सिङ इतिहासमा ठूलो हो।

सुष्मा र दीपक दुवैले समान एक लाख नगद पुरस्कारसहित ट्रफी पाए। प्रतिभाशाली खेलाडीको पुरस्कार महिलामा पौडीकी डुवाना लामा र पुरुषमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले प्राप्त गरे। दुवै विजेताले जनही ५० हजार रूपैयाँ रट्रफी पाए। खेलाडी संघले यस संस्करण पारा एथलिट सम्मानबाट भारोत्तोलनका दुर्गामान तामाङलाई सम्मान गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमला रसंघका अध्यक्ष दीपक श्रेष्ठले दुर्गामानलाई १५ हजारसहित सम्मान गरे। टेबल टेनिसका पूर्वप्रशिक्षक तथा प्रशिक्षक धर्ममान वज्राचार्य गजराज आदर्श खेल व्यक्तित्व सम्मानबाट सम्मानित भए।

खेलाडी संघले खेलकुद पत्रकारिता सम्मानबाट खेलाडी डटकमका प्रधान सम्पादक अजय फुयाललाई सम्मान गरेको छ। गजराज आदर्श खेलव्यक्तित्व रखेलकुद पत्रकारिता सम्मान विजेताले ३५ हजार रूपैयाँ पाए। उनीहरूलाई राखेपका सदस्यचिव टंकलाल घिसिङ, आयोजक संघका अध्यक्ष दीपक रकेडिया ग्रुपका प्रमुख विमल केडियालगायतले सम्मान गरे। नवौं राष्ट्रिय खेलकुदमा समावेश कुल ३६ खेलबाट समान एक जना खेलाडीलाई सम्बन्धित संघको सिफारिसमा वर्ष उत्कृष्ट खेलाडी घोषित गरिएको हो।

३६ खेलमा नै उत्कृष्ट सबैले जनही २० हजाररूपैयाँ पाए। खेलाडी संघले वर्ष २०७९ का उत्कृष्ट खेलाडीमा आर्चरीकी पार्सदा आचार्य, एथलेटिक्सका दीपक अधिकारी, ब्याटमिन्टनका प्रिन्स दाहाल, बास्केटबलकी अनुषा मल्ल, बक्सिङकी सुष्मा तामाङ, शारीरिक सुगठनका असीमबाबु गुरुङ रचेसका रूपेश जैसवाल वर्ष उत्कृष्ट खेलाडी भए। क्रिकेटमा कप्तान रोहित कुमार पौडेल, साइक्लिङमा सुरज रानामगर, फेन्सिङमा शिक्षा नापित, फुटबलमा किरण चेम्जोङ फुलकन्ट्याक करातेमा सन्देश मानन्धर, गल्फका सुवास तामाङ, जिम्न्यास्टिकमा राजु राई रह्यान्डबलकी शान्तिकला राईलाई सम्मान गरेको छ।

हक्कीका महेश धानी, आइटिएफ तेक्वान्दोकी रुबिका खड्का, जुडोकी देवकीमाया श्रेष्ठ, कबड्डीकी अनुजा कुलुङ राई, करातेका विजय श्रेष्ठ, खोखोकी सरस्वती कठायत, लन टेनिसमा सलोनी तामाङ रपाराग्लाइडिङमा रीता श्रेष्ठ थापा आआफ्ना खेलको वर्ष उत्कृष्ट खेलाडी घोषित भए। रग्बीमा निरोज कार्की, सेपाकताक्रोकी उषा महर्जन, स्क्वासका अमृत थापामगर, सुटिङका सुजन रानामगर, सफ्ट टेनिसका युकेश योन्जन, पौडीकी डुवाना लामा, टेबल टेनिसकी स्यान्टु श्रेष्ठ रतेक्वान्दोकी काजल श्रेष्ठ पनि आ–आफ्ना खेलमा उत्कृष्ट खेलाडी बने। ट्रायथलनकी श्रेबी महर्जन, भलिबलका रविन चन्द, भारोत्तलनकी जुनमाया छन्त्याल, उसुका समन गुर्सी रकुस्तीमा सुरेश चुनारा वर्ष खेलाडी चयन भएका छन्।

प्रकाशित: १३ चैत्र २०८० ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App