८ आश्विन २०८१ मंगलबार
image/svg+xml

मुल्लीका अग्नि पीडितलाई पाल

जुम्लाको तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगलागीका विस्थापित भएका २५ घरपरिवारलाई पाल दिइएको छ। प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको पहलमा अग्नी पीडितलाई पाल उपलब्ध गरिएको हो। आगलागीबाट २९ घर जलेको भएपनि २५ वटा पाल आएका हुन्।

द्वन्द्वपीडितको पीडा र राजनीतिक दाउपेच

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोग ६/६ वर्षदेखि विनाकुनै योजना र उपलब्धि राज्यको साधनस्रोतको दोहन मात्र गरिरहेका छन्।

यातनापीडितको जीवनस्तर उकास्ने काम गर्न माग

समाजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षले यातना दिएकाको खोजीका लागि सरकारको ध्यानाकर्षण गराएको हो।

यातनापीडितको जीवनस्तर उकास्न सहयोगको खोजी

यातनापीडित समाजले द्वन्द्वको समयमा यातना पाएका व्यक्तिको पहिचानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

द्वन्द्वपीडितलाई निःशुल्क स्वास्थ्य बिमा

पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिकाले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वको समयमा पीडित बनेकालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ। मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमको स्वीकृत कार्यक्रमअन्तर्गत लक्षित वर्गलाई स्वास्थ्य बिमा सुरु गरिएको हो। यो सेवा राज्य पक्ष र विद्रोही दुवै पक्षका पीडितले लिन पाउनेछन्।

म्याग्दीका पहिरोपीडितः नयाँवर्षमा नयाँघर उपहार

म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले बाढीपहिरोबाट पीडितलाई सुरक्षित स्थानमा बनाइरहेको नयाँ घर अन्तिम चरणमा पुगेको छ ।

दोभान बजारका अग्निपीडितलाई ग्यास चुल्हो

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङको दोभान बजारका अग्निपीडितलाई प्रदेश सरकार र मध्य मेवा जलविद्युत् परियोजनाले खाना पकाउने ग्यास सिलिण्डर तथा ग्यास चुल्हो सहयोग गरेका छन्।

बलात्कार र गर्भपतनले निम्त्याएको जटिलता

कलिलो उमेरमै १४ हप्ताको गर्भपतन गराउँदा बालिकाको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । रक्तश्राव रोकिएको छैन । गर्भपतन गराएयता बालिका अस्पतालको बेडमै छिन् ।

बेपत्ता आयोगको परिचयपत्रप्रति पीडितकै असन्तुष्टि

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले वितरण गरिरहेको परिचयपत्रप्रति द्वन्द्वपीडितले नै असन्तुष्टि जनाएका छन् । पीडितले पुरानै कानुनमा टेकेर आयोगले गरिरहेको कार्यबाट आफूहरूले न्याय पाउने आशा नै नभएको गुनासोसमेत गरेका छन् ।

दोभान बजारका अग्निपीडित विद्यार्थीलाई प्याब्सनले अध्ययन शुल्क मिनाहा गर्ने

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ताप्लेजुङले दोभान बजारका अग्नि पीडित विद्यार्थीलाई अध्ययन शुल्कमा छुट दिने भएको छ।

मेरिङ्देनद्वारा दोभान बजारका अग्नि पीडितलाई प्राप्त राहत र वितरणको अवस्था सार्वजनिक

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले दोभान बजारमा अग्नि पीडितका लागि हालसम्म प्राप्त भएको राहत र वितरण भएको परिमाण सार्वजनिक गरेको छ। गाउँपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट प्रति परिवार १५ हजारका दरले ९ लाख रुपैयाँ आपतकालिन राहत वितरण गरेको छ।

महिना दिन बित्दासमेत अग्निपीडितले पाल पाएनन्

जुम्ला तिला गाउँपालिका–७ गोठीगाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको सानो झिल्कोले बस्ती नै खरानी बनायो। बलिरहेको आगो निभाउने न पानी थियो, नत कुनै अन्य उपाय। आगलागी भएको टुलुटुलु हेरिरहनुको विकल्प थिएन। हेर्दा खेर्दै बस्ती खरानी बन्यो। त्यो बस्तीमा अहिले स्थानीय जान पनि डराउने अवस्था छ। जहाँतही आगोले ढडेको कालो मात्रै छ। घरभित्र रहेका अन्तपात, लत्ताकपडा र बस्तुभाउ सबै जले। उज्यालो हुँदै आगो लागेका कारण मानवीय हुन सकेन।

लाभग्राही सूचीबाट १३ सय हटाइए

समयमै सम्झौता गरी निजी आवास निर्माण गर्नका लागि आलटाल गर्ने भूकम्पपीडित सूचीमा रहेका लाभग्राहीलाई उक्त सूचीबाट हटाइएको छ। सिन्धुलीमा निजी आवास निर्माण गर्न अटेर गर्ने १ हजार ३ सय २१ जना भूकम्पपीडितलाई सो सूचीबाट हटाइएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

सिन्धुलीमा तोकिएको समयमा घर नबनाउने १ हजार ३ सय बढी लाभग्राही सूचीबाट हटे

समयमानै सम्झौता गरि निजी आवास निर्माण गर्नका लागि आलटाल गर्ने भूकम्प पीडित सूचीमा रहेका लाभग्राहीलाई उक्त सूचीबाट हटाइएको छ।

मानवअधिकार उल्लंघन र ज्यादतीमा महिला बढी पीडित

मानवअधिकार उल्लंघन र ज्यादतीका गम्भीर घटनामा पुरुषभन्दा बढी संख्यामा महिला पीडित देखिएका छन्। इन्सेकले शुक्रबार सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ मा मानवअधिकार उल्लंघनका घटनामा महिला बढी पीडित भएको उल्लेख गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्