१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

कर तिर्ने समय थप्न निजी क्षेत्रको माग

हाल भएको व्यवस्था अनुसार एक महिनाको कर अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले २५ दिनभित्र सम्बन्धित कर कार्यालयमा पेस गर्नुपर्छ। यो महिनाको २५ गतेसम्म अघिल्लो महिनाको कर विवरण नबुझाए र कर नतिरे जरिवाना तिर्नुपर्छ। निषेधाज्ञाका कारण असहज परिस्थिति सिर्जना भएको भन्दै निजी क्षेत्रले समय थप्न माग गरेको हो।

धादिङमा वैशाख २१ देखि निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय धादिङमा आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिने निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

अख्तियारका पूर्वप्रमुख अस्वस्थ, थुनामुक्त गर्न माग

गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरीजवाइँ प्रज्वल अधिकारीले शुक्रबार रिट निवेदन दर्ता गरेका हुन्। उनको निवेदनमाथि आइतबार सुनुवाई हुँदैछ। बस्न्यातलाई चाबहिलस्थित ओम अस्पतालमा अक्सिजन दिएर उपचार भैरहेको रिट निवेदनमा उल्लेख छ।

रेलमार्ग सञ्चालनमा ल्याउन माग

औद्योगिक कच्चा र तयारी वस्तुको ढुवानी तथा पारबहनमा हुँदै आएको खर्च घटाउन रेलमार्ग लगायत दीर्घकालीन महत्वका संरचनाको विकास तथा सञ्चालन जरुरी रहेको उद्योगी, व्यवसायीले बताएका छन्। उनीहरूले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमार्फत उत्पादन लागत घटाउने कार्यक्रम ल्याउन माग गरेका छन्।

कोरोना संक्रमण झन् भयावह: एकैदिन ३ सय २२ संक्रमित फेला, थप दुईको मृत्यु

बाँकेमा कोरोना संक्रमण झन् भयावह बन्दै गएको छ। दिनहुँ संक्रमितको संख्या अत्यधिक रुपले बढिरहेको छ। वितेको २४ घण्टाभित्र नेपालगन्जका विभिन्न प्रयोगशालाबाट ३ सय २२ जना संक्रमित फेला परेका हुन्। कुल ६ सय ३२ जनाको स्वाब परिक्षण गर्दा १ सय ९४ जना पुरुष र १ सय २८ महिला गरी ३ सय २२ जना संक्रमित फेला परेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले जनाएको छ।

भूमि आयोगमा ९ लाख ३० हजार परिवारको निवेदन

मुलुकभरका ९ लाख ३० हजार ३० परिवारले जग्गा माग गर्दै भूमिसम्बन्धी समस्या समाधान आयोगमा निवेदन दिएका छन्। यसरी निवेदन दिनेमा २८७ स्थानीय तहका भूमिहीन र अव्यवस्थित बसोबासी छन्।

काठमाडौंमा विद्यालय खुल्न नसक्ने अवस्थामा, तत्काल निष्कर्षमा पुग्न शिक्षकको माग

काठमाडौं महानगरपालिकामा क्रियाशील शिक्षककाे पेशागत संघसंगठनले काठमाडौं महानगरमा विद्यालय सञ्चालन गर्न नसकिने निष्कर्ष निकालेको छ ।

महासंघद्वारा स्टार्टअपसँग आवेदन माग

नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एन्ड इनोभेसन समितिले मेन्टरसिप सहयोगसहित महासंघका लगानीकर्तासँग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप) सँग आवेदन मागेको छ।

प्रदेश २ः नाम र राजधानी टुंग्याउन प्रस्ताव माग

छ महिनापछि गत सोमबार बसेको प्रदेशसभा बैठकमा सत्ता र प्रतिपक्षी दलहरूको दबाबपछि प्रदेशसभा सचिवालयले प्रदेशको नाम र राजधानी तोक्ने प्रक्रिया अघि बढाएको छ। सचिवालयले प्रदेशसभा सदस्यहरुलाई एसएमएस गरी प्रदेशको नाम र राजधानीको प्रस्ताव माग गरेको छ।

आयकर नलाग्ने सीमा बढाउन सिए संघको माग

अहिले व्यक्तिलाई चार लाख र दम्पतीलाई साढे चार लाख रूपैयाँसम्म वार्षिक आम्दानीमा आयकर लाग्दैन। संघले विभिन्न संघ–संस्था तथा सदस्यहरूबाट प्राप्त सुझावमाथि छलफल गरी अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने तथा राजस्व कानुनमा आवश्यक सुधार गर्नुपर्ने विषय समावेश गरी सुझाव तयार पारेको जनाएको छ।

बिपी राजमार्गमा दिउँसो ४ बजेदेखि ट्रक चलाउन दिन माग

संघको चौथो वार्षिक साधारणसभाका अवसरमा व्यवसायीले उक्त माग अघि सारेका हुन्। बिपी राजमार्ग साँघुरो र घुमाउरो भएकाले दुर्घटनाको जोखिम हुने भन्दै सरकारले विहान ५ बजेदेखि राति ९ बजेसम्म यात्रुबाहक सवारी साधन र बाँकी समय मालबाहक चलाउने निर्णय गरेको छ।

दर्जन कानुन संशोधन गर्न निजी क्षेत्रको माग

निजी क्षेत्रका प्रमुख संस्थाले कालोबजारी र अन्य सामाजिक अपराध तथा कारबाही ऐन २०३२, राजस्व न्यायाधीकरण ऐन २०६३, सार्वजनिक खरिद ऐन २०६३, उपभोक्ता संरक्षण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, भूमि ऐन २०२१, सम्पत्ति शुद्धीकरण ऐन २०५२, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, औद्योगिक उद्यमशीलता ऐन २०७६, वातावरण संरक्षण ऐन २०७६, लगायत कानुन संशोधन गर्न माग गरेका छन्।

प्राचार्य कुट्नेलाई कारबाही माग

शिक्षकलाई कुट्ने आरोप लागेका रूपेन्द्र कुशवाहालाई आइतबारदेखि नै बारा प्रहरीले नियन्त्रणमा राखेको त्यहाँका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताए। एक पक्षले कुशवाहाले प्राचार्य साहलाई कुटपिट नगरेको दाबी गरेका छन् भने अर्को पक्षले कुशवाहाले नै प्राचार्य साहलाई हातपात गरेको जिकिर गरेको शाहीको भनाइ छ।

प्राचार्य कुट्नेलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ

आदर्शकोतवाल गाउँपालिकाको च्युटाहामा रहेको रामचरित्र माध्यमिक विद्यालयका प्राचार्य दिनेश साहलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बारा सोमबार घेराउ गरिएको छ।

खोप र दिमागमा रगत जम्ने समस्याबीच सम्बन्ध छ: इएमए

कोरोनाविरुद्ध अस्ट्राजेनेकाले उत्पादन गरेको खोप र दिमागमा रगत जम्ने समस्याबीच प्रस्ट सम्बन्ध रहेको युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्