२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रेलमार्ग सञ्चालनमा ल्याउन माग

विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सम्म रेल सेवा सञ्चालन गर्न पूर्वका उद्योगी, व्यवसायीले माग गरेका छन्। भारतको कोलकाता हल्दिया र विशाखापट्नम बन्दरगाहबाट सोझै ढुवानी गर्ने गरी विराटनगरस्थित एकीकृत जाँच चौकीसम्म रेल सेवा सञ्चालनमा ल्याउन उद्योगी, व्यवसायीले माग गरेका हुन्।  

औद्योगिक कच्चा र तयारी वस्तुको ढुवानी तथा पारबहनमा हुँदै आएको खर्च घटाउन रेलमार्ग लगायत दीर्घकालीन महत्वका संरचनाको विकास तथा सञ्चालन जरुरी रहेको उद्योगी, व्यवसायीले बताएका छन्। उनीहरूले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमार्फत उत्पादन लागत घटाउने कार्यक्रम ल्याउन माग गरेका छन्।  

विराटनगर एकीकृत जाँच चौकीसम्म रेलबाट कार्गो निकासी–पैठारी हुन सके त्यसले उत्पादन लागत घटाउने भएकाले आगामि आर्थिक वर्षदेखि रेल सेवा सञ्चालनको माग गर्दै सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीको साझा संस्था उद्योग संगठन मोरङले संस्थागत रूपमै सरकारसँग आग्रह गर्न पहल सुरु गरेको जनाएको छ। द्विपक्षीय कार्गाेमध्ये सिमेन्टजन्य सामग्री र रेलबाट पैठारी हुने मालवस्तु भारतको बथनाहसम्म ल्याउने गरिएको छ। त्यसपछि ट्रकबाट विराटनगर एकीकृत जा“च चौकीसम्म पैठारी हुँदै आइरहेको छ। बिलेट क्वायल जस्ता औद्योगिक वस्तु जोगबनीसम्म रेलमा ल्याउने र त्यहा“बाट पुन टेलरमा विराटनगर एकीकृत जाँच चौकीसम्म लैजाने गरिएको छ।

यहाँसम्म ल्याएपछि भन्सार बिन्दु हुँदै नेपालमा पैठारी गरिने यस्ता औद्योगिक कच्चा पदार्थको ढुवानीका लागि आइसिपीसँगै निर्माण भएको रेल–वे स्टेसनसम्म ल्याउन सरकारले पहल गरिदिनुपर्ने उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए। आयात गरिएका वस्तुहरू भारतका दुई रेल–वे स्टेसनमा अनलोड भए पनि पुनः ट्रक र लरीमा लोड गरेर भन्सार बिन्दु हुँदै नेपाल ल्याउँदा ढुवानी खर्च अत्यधिक हुने गरेको छ,’ प्याकुरेलले भने, ‘सोझै एकीकृत भन्सार जाँच चौकीसम्म लइाउने व्यवस्था भए समय र लागत दुवै घट्नै थियो।’  

भारतको बथनाहादेखि विराटनगर–१८ बुधनगरसम्म रेलमार्गको काम करिब अन्तिम चरणमा रहेको छ। त्यसलाई सञ्चालनका लागि आवश्यक बाँकी काम पूरा गर्न सरकारले भारतसँग पहल गरिदिनुपर्ने उद्योगीको माग छ। आइसिपीसम्म रेलको कार्गो आउन सक्ने अवस्था भए औद्योगिक एवं व्यापारिक मालवस्तुको निकासी पैठारी कम लागतमा सम्भव हुने भएकोले यो बिन्दुसम्म कार्गो रेल सञ्चालन आवश्यक रहेको अर्का उद्योगी नन्दु राठीले बताए।  

नेपाल भारत सहयोग अन्तर्गत बथनाहदेखि विराटनगरको (कटहरी महेशपुर)सम्म निर्माण हुने क्रममा रहेको रेल्वे परियोजना जग्गा मुआब्जा विवादको कारण रोकिएको छ। उद्योगीले निर्माण सम्पन्न भइसकेको क्षेत्रमा कार्गो रेल सञ्चालनमा ल्याउँदै बाँकी कामका लागि सरकारले पहल लिनुपर्ने माग गरेका हुन्। 

प्रकाशित: १५ वैशाख २०७८ ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App