coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

काठमाडौंमा विद्यालय खुल्न नसक्ने अवस्थामा, तत्काल निष्कर्षमा पुग्न शिक्षकको माग

काठमाडौं महानगरपालिकामा क्रियाशील शिक्षककाे पेशागत संघसंगठनले काठमाडौं महानगरमा विद्यालय सञ्चालन गर्न नसकिने निष्कर्ष निकालेको छ ।

महानगरमा रहेका शिक्षकहरुको छाता संगठनको रुपमा रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनले सो निष्कर्ष निकालेका हुन् ।

उनीहरुले अहिले अभिभावकहरु आफ्ना बालबालिकाहरुलाई विद्यालयमा पठाउन डराइरहेको अवस्थाले विद्यालयमा विद्यार्थीको संख्या दिनानुदिन घटिरहेको जनाउँदै कोरोना संक्रमण दर बढ्दा विद्यार्थीहरु पढ्ने मनस्थितिमा नभएको र शिक्षकको पनि मनोबल घटिरहँदा पनि स्थानीय सरकारले उचित निर्णय नगर्दा थप अन्योलको स्थिति पैदा गरेको जनाएका छन् ।

शिक्षक संगठनका शिक्षक नेताहरुको हस्ताक्षरमा प्रकाशित प्रेश विज्ञप्तिमार्फत् उनीहरुले अहिलेको अन्योलको स्थितिको तत्काल समाधान गनुपर्ने माग समेत गरेका छन् ।

उनीहरुले कोरोनाको दोस्रो लहरले महामारीको रुप लिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी विद्यालय सञ्चालन बन्द गर्न अनुरोध गर्दा पनि शिक्षा मन्त्रालयले आनाकानी गर्दा शिक्षक, विद्यार्थी र अभिभावकहरु अन्योलमा पुगेको जनाएका छन् ।

विज्ञप्तिमार्फत् उनीहरुले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिनुपर्ने, समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गनुपर्ने र बैकल्पिक विधिबाट शिक्षण सिकाइका लागि विद्यार्थीलाई सहज तवरबाट इन्टरनेतको सुविधाको प्रबन्ध मिलाइ दिनुपर्ने माग गरेका छन् ।

त्यसका लागि उनीहरुले २०७८ जेठको पहिलो हप्तामा सञ्चालन गरिने भनिएको विद्यालय तहको वार्षिक परीक्षा बैशाखको दोस्राे हप्ताबाट सञ्चालन गर्नका लागि विद्यालयलाई निर्देशन दिन पनि विज्ञप्तिमार्फत् माग गरेका छन् ।

विज्ञप्तिमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका तर्फबाट बाबुराम घिमिरे, नेपाल शिक्षक संघका तर्फबाट नारायण गौतम र नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फबाट डिल्लीप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

प्रकाशित: ५ वैशाख २०७८ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App