१२ मंसिर २०८१ बुधबार
image/svg+xml

आयुर्वेदिक केन्द्रमा विवाद चर्किदै

शुक्रबार दिउँसो राँकेमा रहेको जिल्ला आयुर्वेदिक केन्द्र पाँचथरको कार्यालयमा डा.विजय श्रेष्ठ र डा. मुरलीप्रसाद शाहा बिच निक्कै चर्काचर्कि देखिन्थ्यो ।

रेडक्रसले घर भाडामा दिएपछि प्रतिष्ठानसँग विवाद

नेपाल रेडक्रस सोसाइटीले आफ्नो जग्गामा निर्मित भवनलाई भाडामा प्रयोग गरेको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रेडक्रसबीच विवाद सुरु भएको छ ।

नेकपा गुटगत किचलोको असर विश्वविद्यालयमा

नौ महिनादेखि उपकुलपति नहुँदा बजेट, नीतिगत कार्यक्रम, अनलाइन कक्षा, परीक्षा तथा दीक्षान्त समारोह एक वर्ष ढिला भएको छ।

ओलीसँग मिलेर जाने दाहालको संकेत

आफ्नै निवासमा निकटका स्थायी समिति सदस्यलाई बोलाएर दाहालले अहिलेको अवस्थामा ओलीसँग नजिक हुँदा बढी लाभ लिन सकिने संकेत गरेका छन्।

नेकपा स्थायी समिति बैठक फेरि सर्‍यो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक पुनः सरेको छ। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बुधवार ११ बजे सम्मका लागि स्थगित भएको नेकपा केन्द्रीय कार्यालयद्वारा जारी सूचनामा भनिएको छ।

नेकपाको महाभारत

महाभारतमा पाँच पाण्डवमध्ये एक धनुर्धारी अर्जुन निसाना लगाइ द्रौपदीलाई पाउन सफल हुन्छन्। पानीको छायाँमा घुमिरहेको माछाको आकृति हेरेर निसाना लगाउनुपर्ने पाञ्चाल नरेश द्रुपदको सर्त उनले पूरा गरेपछि पाञ्चाली पाणिग्रहण सम्भव भएको हुन्छ। द्रौपदीलाई लिएर घरमा आएका उनीहरूले बाहिरबाटै ‘माता ! हामीले भिक्षा लिएर आएका छौं’ भन्छन्। माताको आज्ञा हुन्छ, ‘जे ल्याए पनि आपसमा बाँडेर लिनू।’

नेकपा विवाद टार्न महाधिवेशन प्रस्ताव

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा उत्पन्न विवाद टार्न आगामी मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। पार्टी र सरकारमा नेतृत्वका लागि शीर्ष नेताहरूबीच आन्तरिक विवाद चर्कंदै गएपछि शनिबार बसेको सचिवालय बैठकमा ओलीले यस्तो प्रस्ताव राखेका हुन्। ‘एकता महाधिवेशन मंसिरमै गरौं,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘महाधिवेशनबाटै समस्या समाधान गरौं।’

नेकपा सचिवालय बैठक : सहमतिका विषयमा छलफल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानको गाँठो सचिवालय बैठकमा फुक्न नसकेपछि स्थायी कमिटीबाटै निकास निकाल्ने पक्षमा नेताहरु देखिएका छन् । सहमतिका लागि भन्दै शनिबार सचिवालय बैठक बोलाइएपनि निष्कर्ष ननिस्केपछि फेरी स्थायी कमिटीमै विवाद समाधानको प्रयास गरिने भएको हो ।

श्रीलंका टापुको सीमा विवाद टुंगो लगाउन माग

सुनसरीको वराह क्षेत्रका दुई वडामा विभाजित श्रीलंका टापु सप्तकोशीको पूर्वी र पश्चिमी भङ्गालोको बिचमा अवस्थित छ । सप्तकोशी पूर्वी तटबन्ध प्रकाशपुरबाट कोशीको मुख्य भङ्गालो पार गरेर करिव ३ किलोमिटर पार गरेपछि श्रीलंका टापु आउँछ ।

लामो पत्र लेख्दै प्रदीप ज्ञवालीले भने : कमरेडहरू ! धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो पत्र लेख्दै परराष्ट्रमन्त्रीसमेत रहेका नेता ज्ञवालीले कुनै अप्रिय निर्णय नगर्न नेताहरूलाईअनुरोध गरेका हुन् ।

विशेष अधिवेशन बोलाउन किन पछि हटे विपक्षी दल ?

पार्टीभित्रको आन्तरिक विवाद झाँगिँदै गएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्को अधिवेशन हठात् अन्त्य गरिदिए। उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग मात्र होइन, आफ्नै दल र सभामुखसँग समेत छलफल नगरी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए।

गाँठो पर्दै नेकपा विवाद

बालुवाटार बैठक बिनानिष्कर्ष टुंगिएपछि दुवै पक्ष आआफ्नो रणनीति बनाउन लागेका थिए। ओलीले आफू निकटका नेतालाई बालुवाटारमै बोलाएर छलफल गरे भने असन्तुष्ट समूहले खुमलटारमा बैठक ग-यो।

नेकपाभित्र अनेकता

पार्टीमा रहेको प्रचण्ड–माधव समूहको बहुमतको फायर खोलेर केपीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट अपदस्थ गर्न जरुरी छ।

नेकपा आन्तरिक विवाद: ओलीसमक्ष दाहालको नौबुँदे प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रवृत्तिगत सुधारसहित नौवटा बुँदा छलफलमा राखेका छन्। दुई अध्यक्षबीच लामो समयको बहस र छलफलपछि प्रधानमन्त्री तथा पार्टीअध्यक्ष ओलीसँग दाहालले पार्टीभित्र देखिएका प्रवृत्तिगत सुधारसहित नयाँ सहमति गर्ने र सहमत नभएका विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने प्रस्ताव राखेका हुन्। छलफलमा उनले नेता माधवकुमार नेपाललाई पनि सहमत गराएर मात्र अघि बढ्नुपर्ने प्रस्ताव राखेका छन्।

नेकपाका दुई अध्यक्षबीच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि सहमति जुटाउन आज पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल भोलि पुनः बस्नेगरी सकिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्