११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

आयुर्वेदिक केन्द्रमा विवाद चर्किदै

जिल्ला आयुर्वेदिक केन्द्र राँकेमा चिकित्सक तथा स्थानीय । तस्बिर : गिरिराज/नागरिक

शुक्रबार दिउँसो राँकेमा रहेको जिल्ला आयुर्वेदिक केन्द्र पाँचथरको कार्यालयमा डा.विजय श्रेष्ठ र डा. मुरलीप्रसाद शाहा बिच निक्कै चर्काचर्कि देखिन्थ्यो । उनीहरु बिच यसप्रकारको विवाद फाल्गुन यता चलिरहेको बताईन्छ । कार्यालय प्रमुखको रुपमा आयुर्वेदिक चिकित्सक (आठौँ तह)को एकजनाको मात्र दरवन्दी रहेको उक्त कार्यालयमा दुईजनाले आफू प्रमुख भएको बताँउछन् । विजयलाई समाजिक विकास मन्त्रालयले कार्यालय प्रमुखको जिम्मेवारी दिएर पठाएको थियो ।  

यसअघि उक्त कार्यालयका प्रमुखको रुपमा रहेको मुरलीप्रसाद आफूलाई समायोजनमा कतै नपठाईएकाले आफू यहि पदस्थापन भएको दाबी गर्छन् । यहि विवाद चर्किदै गर्दा सेवाग्राहीमा असर परिरहेको छ । संघीय तथा प्रदेशका सम्बन्धित कार्यालयले ध्यान नदिँदा समस्या चर्किएको देखिन्छ ।

अहिले मुरलीप्रसाद उक्त आयुर्वेदिक केन्द्रको कर्मचारीनै नभएको भनाई विजयको छ । आफूलाई कतै नपठाईएकोले आफू यहि कार्यालयको प्रमुख भएको मुरलीप्रसादको भनाई छ । यहिभएर उनीहरु बिच आपसी विवाद चर्किदै गएको छ । माथिल्लो नियकायमा आफू अनुकुल बनाउन ‘लविङ’ गरेको देखिन्छ ।

केहि दिनअघि १ नम्बर प्रदेशको समाजिक विकास मन्त्रालयले विजयलाई सोलुखुम्बु सरुवा गरीदिएको थियो । तर विजयले अर्को कार्यालय प्रमुख नपठाइएको र समायोजन पछि दुई वर्षसम्म सरुवा गर्न नमिल्ने तथा वदनीयतपूर्ण भएकाले आफू नजाने बताएका छन् ।

‘एकजना मात्र आयुर्वेदिक चिकित्सको दरबन्दी हुन्छ । मलाई संघीय सरकारले समायोजन तथा प्रदेश सरकारले मलाई यहाँ पदस्थापना गरेर पठाएको हो । सबै कार्याक्रम मैले सञ्चालन गरिरहेको छु । उहाँले आफ्नो दरबन्दी कहाँ हो भनेर खोज्न जानु पर्छ । उहाँले बरबुजारत समेत गर्नु भएको छैन । यहाँ कार्यालय कामगर्न बाधा पुर्‍याउनु भएको छ’ विजयले भने ‘ अटेर गरीरहनु भएको छ । उहाँसँग केहि आधार छैन ।’

२०५९ सालदेखि उक्त कार्यालयको प्रमुख रहेको मुरलीप्रसादले भने आफूलाई कतै समायोजन गरेर नपठाईएकाले म यहिको कर्मचारी भएको दाबी गरेका छन् । आफूलाई चेकजाँच गर्न, कार्यालयका समाग्री प्रयोग गर्न नदिएको बताएका छन् । ‘समायोजन मेरो भएन । दरबन्दीको कर्मचारी भएकै ठाँउमा पदस्थापना गरिदिएपछि समस्या आयो । विभिन्न ठाँउमा निवेदन हाल्दापनि काम भएन । के म नेपाल सरकारको कर्मचारी नै हैन ?’ मुरलीप्रसादले भने ‘मैले कहाँ जाने ठाँउ पाईन । सरुवा समेत गरीसकेकाले उहाँ सरुवा भएको ठाँउमा जानू पर्यो नी ।’

कार्यालयको समाग्रि प्रयोग, विरामी चेकजाँच, कार्यालय सञ्चालनको विषयमा विवाद चर्किदै गएको देखिन्छ ।

१ नम्बर प्रदेशको समाजिक विकास मन्त्रालयले समस्या समाधान गर्न पहल गरेको देखिदैन । यो केन्द्रका मातहतमा पाँच आयुर्वेदिक औषधालय रहेको छ । यसको असर सिधा सेवाग्राहीमा पर्ने गरेको छ । मुरलीप्रसादले असारसम्मको तलब सोहि कार्यालयबाट खाएका छन् ।

डाक्टरहरुको विवादले समस्या सृजना भएको स्थानीय मुक्ति आचार्य बताउँछन् । दुबै जना मिलेर सेवा दिए हुने अपेक्षा स्थानीयबासीको रहेको उनको भनाई छ ।

विवाद चर्किदै जादा सेवाग्राही मारमा पर्न थालेका छन् । ‘दुई चिकित्सक बिच बाझो बनाउनु भएन । माथिल्लो निकायले समस्या समाधानमा पहल गर्नुपर्छ ’, स्थानीय राजेन्द्र गौतमले भने ।

प्रकाशित: ९ श्रावण २०७७ १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App