१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
एम.एल. नेपाली


एम.एल. नेपालीका लेखहरु :

वर्तमान राजनीतिमा क्रान्तिको आशा

पुँजीवादी राज्य व्यवस्थामा शोषणको वर्गीय अस्तित्व र पुँजीवादलाई टिकाई स्थिर राख्ने औचित्य पुष्टि गर्ने सिद्धान्त रहेको हुन्छ। राज्यको विकास र शासक वर्गको स्वार्थ रक्षाका लागि वर्गहरूबीच भीषण संघर्ष चलिरहन्छ, जहाँ समाजमा वर्गहरूको अस्तित्व रहेको हुन्छ।

नेकपा: अन्तरविरोधको सार र वैचारिक धार

अहिले समाजमाकेपी–प्रचण्डबीच चलिरहेको अन्तरसंघर्षको कुरा मात्र होइन, जबसम्म वर्गहरू अस्तित्वमा रहन्छन्तबसम्म अन्तरसंघर्ष र वर्गसंघर्षका भीषण प्रक्रियाबाट समाज चलिरहन्छ।

नेपाली संक्रमणकालीन वर्ग संघर्षका अनिवार्य सर्त

दलित, उत्पीडित, गरिब सर्वहारा वर्गविरुद्ध पुँजीजीवी वर्गले संघर्ष गर्दा विभिन्न तौरतरिका प्रयोग गर्छ।

नेकपाभित्र अनेकता

पार्टीमा रहेको प्रचण्ड–माधव समूहको बहुमतको फायर खोलेर केपीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट अपदस्थ गर्न जरुरी छ।

कम्युनिस्ट सरकारको करामत

नेपालमा अहिले संसदीय व्यवस्थामा माक्र्सवाद प्रयोग भएको छ। संसदीय व्यवस्थाबाटै समाजवादी समाज निर्माण गर्न सकिन्छ भन्ने माक्र्सवादविरोधी अभ्यास नेकपाले सुरु गरेको देखिन्छ। यसले चुनावबाटै समाजवाद ल्याउछौं भनिरहेको छ। एमाले–माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाले समाजवादको नारा दिइरहेको छ।

दलित मुक्तिको मार्ग

यो सत्ताले पनि दलितलाई सत्ता, शक्ति स्रोतको न्यायोचित वितरण गर्न चाहेन। दलित/श्रमिकले शासक वर्ग र जातिको सेवा गर्ने हो, शासित भएर रहने हो, शासन सत्ता चलाउने होइन भन्ने मनोविज्ञानले काम गरिरहेको छ, अहिले पनि।

जनसंविधान र प्रतिक्रान्ति

उत्पादनका साधनमा व्यक्तिगत स्वामित्व र परस्पर विरोधी वर्गको प्रार्दुभाव भएदेखि शोषित र शोषकहरूको बीचमा जीवनमरणको भीषण संघर्ष चलिरहन्छ। यस संघर्षले अन्ततोगत्वा समाजको परिवर्तन र बदलावका लागि क्रान्तिको न्यायोचित बाटोतर्फ लाग्न मान्छेलाई डोर्याउँछ।

दलित मुक्तिका रणनीतिक सवाल

गैरदलित स्वाधीन छ, त्यसकारण ऊ सत्तामा छ, शासकका रूपमा स्थापित भएको छ। अर्को दलित छुवाछूतको दासत्वले पराधीन छ, त्यसकारण ऊ सधैँ शासित अवस्थामा बाँच्न बाध्य छ। शासक वर्गले सेवामूलक,अपमानपूर्ण र कठिन काम गर्ने शुद्र दलित श्रमजीवी वर्ग पाएपछि जातीय छुवाछूतलाई जीवित राख्न वर्ण र वर्ग उत्पीडनले थिच्दै लगेको कुरा साँचो हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्