२३ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

नेकपा: अन्तरविरोधको सार र वैचारिक धार

जनताको विद्रोहले सामन्ती सत्ता ढाल्यो। नेपाली क्रान्तिको एउटा युग, एउटा कोर्स पूरा गरेको अवस्था थियो तर त्यो परिवर्तनले जनवाद,जनसत्ता, जनहितको अभ्यास गर्न सकेन। योनेपाली क्रान्ति र परिवर्तनले देशमा आर्थिक आधार र राजनीतिक परिवर्तन त भयो तर सत्ताको  अधिरचना (उपरी संरचना ) मा आवश्यक परिवर्तन भएन । यही अवस्था स्थिर रहिरहेमाजनताको मुक्ति गर्ने क्रान्तिको लक्ष्य बोकेको नयाँ राज्यव्यवस्था लामो समयसम्म टिकिरहन सक्दैन। त्यहाँ फेरि पुरानो शासक वर्गकोअधिरचनाको बलले नयाँ शासक वर्गको आधारलाई भत्काइदिन्छ। यसले प्रतिक्रान्तिको स्वरूप विकास गर्छ। यहीपश्चयगामी चरित्रको अवस्थाको स्वरूपलेक्रान्तिलाई जीवन्त राख्न सक्दैन।  त्यहाँ क्रान्तिकारी नेतृत्व पंक्तिमाविचारको स्खलन भएर गएको हुन्छ।

क्रान्ति र क्रान्तिकारी वर्गहरू कसैको दलाल बन्नुपर्दैन। क्रान्ति आफैँमा सबैखाले प्रतिक्रियावादी विचार र प्रवृतिविरुद्धको धार हो तर यी महान् सोच बिर्सन्छन्विचारबाट स्खलन भएको हिजोका क्रान्तिकारी वर्गले । क्रान्तिले ल्याउने गुणात्मक फड्को एउटा अवस्थाबाट अर्को अवस्थामा रूपान्तरण भन्ने सोच हो तर त्यो बिर्सेको छ यो अहिलेको नयाँ शासक वर्गले।क्रान्तिको मूल प्रवाहीकरण यसलाई हामी सरलताबाट जटिलतामा जाने, छिपछिपेबाट भेलका छाल दिँदै उच्च गतिशीलतमा जानेवस्तुस्थितिको सैद्धान्तिकधार हो भन्छौँ। नेपाली जनताले यो नयाँ क्रान्तिबाट आशा गरेको कुरा अभाव, गरिबी र अन्यायपूर्ण समाजको रूपान्तरण, परिवर्तनको तयारी खोजेको हो। यो क्रान्ति आन्दोलनको विकासको नियम पनि हो। तर जनताकोआँधिमयसंघर्ष र बलिदानबाट प्राप्त संघीय, लोकतान्त्रिक, गणतन्त्रको राजनीतिक व्यवस्थाको प्रतिफल जनताले पाउने समयमा सत्ताका चालकहरूआपसी अन्तरविरोधमा रुमलिइरहेको अवस्था छ।

अहिले समाजमाकेपी–प्रचण्डबीच चलिरहेको अन्तरसंघर्षको कुरा मात्र होइन, जबसम्म वर्गहरू अस्तित्वमा रहन्छन्तबसम्म अन्तरसंघर्ष र वर्गसंघर्षका भीषण प्रक्रियाबाट समाज चलिरहन्छ।

प्रचण्डसँग हिजो दश वर्षको महान् जनयुद्धको आँधिमय तुफानहरूसँग रहेर लड्दा आत्मविश्वासको उचाइथियो।  अहिले पनि पार्टी अन्तरविरोधबारे लड्दा उनीसँग त्यस्तै आत्मविश्वास छ,त्यही जुझारु स्थितिको उच्चता हुनुपर्छ, बनाउनुपर्छ। दलित, गरिब, सर्वहारा वर्गको मुक्तिको लागि पनि क्रान्तिका बाँकी कार्यभार पूरा गर्न क्रान्तिलाई अवरोध गर्ने जनुसुकै निरंकुशतासँग लड्ने ओजस्वी ताकत क्रान्तियोद्धासँग हुनु जरुरीहुन्छ।  क्रान्तिकारीत्यतिबेलामात्र क्रान्तिकारी बन्छ जतिबेला उसले गलत विचार र प्रवृतिविरुद्ध लडने विद्रोह गर्ने आँट गर्छ।  

क्रान्तिकारी ऊर्जाशीलशक्तिले प्रतिक्रियावादी शक्तिविरुद्ध लड्न विचारधारात्मकरूपले उठ्न जरुरी हुन्छ।क्रान्तिचेत बोकेका गतिदायी शक्तिबीचको एकताले मात्रै पार्टी अन्तरविरोधका जटिल अप्ठेराका घाउ र अवरोध धुन सक्छ,हटाउन सक्छ। प्रचण्डले हिजो आमदलित गरिब सर्वहारावर्गको पूर्ण मुक्तिका लागि जीवन, मृत्यु र मुक्तिको महासमरमा समर्पित भएर जनयुद्धको महानायक बनेर कठिन युद्ध लडेकै हो। उनलेत्यो संघर्षको अनुभवलाई अहिले पनि धैर्यपूर्वक प्रयोग गर्नु जरुरी हुन्छ। चीनको पार्टी हेडक्वार्टरमामाओले लिन प्याओ प्रतिक्रियावादी  पार्टी नेतृत्वगुटविरुद्ध जसरी बमवार्ड गरे,त्यसरी नै अहिले नेपालमा पनि प्रचण्ड–माधव समूहको बहुमतकोमिसाइलेबाँकी क्रान्ति रोक्ने नेकपा पार्टी विभाजनको प्रतिक्रियावादी गुटविरुद्ध प्रहार गर्न जरुरी छ।  

नेकपाले यहीअर्धसामन्ती संसदीय व्यवस्थाभित्र पुँजीवादी क्रान्तिको पूर्णता दिँदै समाजवादी क्रान्तिको आधार निर्माण गर्ने र साम्यवादी समाजको निर्माणको परिकल्पनातिर ध्यान दिन सक्छ। जसले नेपाली क्रान्ति यौद्धाहरूलाई विजयको हातहल्लाउँदैथप क्रान्तिमा अघि बढ्न प्रतिबद्धता दिने वस्तुगत अवस्था बनाउन सक्छ। यो साँचोहो, प्रचण्ड हिजो दश वर्षको महान् जनयुद्धमा विनाकुनै कभर केबल बलिदानीपूर्णभाव, मानवीयता र विचारलाई आड बनाएर जनयुद्ध लड्दै आएको यथार्थ बुझ्न अनिवार्य छ।  तर अपसोच, अहिले उनकै केही साथी विचारबाट स्खलित भएर पद, प्रतिष्ठा नामको लोभले क्रान्ति र परिवर्तनको कित्ता छाड्न थालेका देखिन्छ। तर  प्रचण्ड क्रान्तियोद्धाले फेरि जीतको वैज्ञानिक चिन्तनलाई समाएर बाँकी समाजवादी क्रान्ति लड्न आह्वान गर्दा अरूअसंख्य क्रान्तिका रक्तबीजहरू फेरि क्रान्तिमा लड्न लाखौँ जनता सामेल हुन्छन्।

प्रतिक्रियावादी, यथास्थितिवादी र संशोधनवादविरुद्ध क्रान्तिकारीवर्गले चलाएको यो कठिन, कठोर निर्णायक, चुनौतीपूर्ण पार्टी दुई लाइन संघर्ष र पार्टी अन्तरविरोधको  विचारधारात्मक भीषण संघर्ष हो। प्रचण्ड, माधव समूहले  विशाल संघर्षबाट निर्माण गरेका कम्युनिस्ट एकता,दुईतिहाइको सरकार जीवन्त राख्न नसक्ने, अडान छाड्ने कुरै आउँदैन।विचार संघर्षको लाइन फालेर ‘मिलेरजाउँ, बाँडीचुँडी खाउँ’ भन्ने प्रतिक्रियावादीधार समातेर आएमा सिंगो क्रान्ति आन्दोलनको संरचना खत्तम हुन्छ, अगाडि बढ्नै सक्दैन। वर्गसंघर्षको उच्चतम प्रयासद्वारा साम्राज्यवाद र संशोधनवादविरुद्ध लडाइँ लड्न उठेका महान् अभिलाषाले फेरि आत्मसंघर्ष, अन्तरसंघर्ष र वर्गसंघर्षलाई जोड्दै पार्टी अन्तरविरोधका प्रतिक्रिवादी चिन्तनलाई परास्त गर्नैपर्छ।  

अहिले प्रचण्ड माधव समूहले वर्गसंघर्षको वैचारिक धारबाट अन्तरसंघर्ष र आत्मसंघर्षलाई नजिती नेपाली जनताको मुक्तिका लागि आफूलाई सच्चा क्रान्तिकारी वर्गकारूपमा स्थापित गर्नेकल्पना पनि गर्न सकिँदैन। प्रचण्डलाई थाहा छ, क्रान्तिको जुझारु शक्तिको विकासमा बाह्य पक्ष सहायक र आन्तरिक पक्षको भूमिकामुख्य हुन्छ।हामीलाई थाहा छ, राज्यव्यवस्था र यसलाई चलाउनेमुख्य शासकबीच अन्तरविरोध हुन्छ। यही अन्तरविरोधमा नै स्वयं प्रतिक्रियावादी राज्यव्यवस्था टिकेको हुन्छ। यस्तै प्रतिक्रियावादी शासक वर्गले नै अन्तरविरोध कायम गरेर निरंकुशतन्त्र चलाइरहेका हुन्छन्। जनताको बलिदानद्वारा निर्माण भएको संविधानमा दलित उत्पीडित वर्गका केही राम्रा कुरा उल्लेख भएका थिए तर पनि त्यो लागु गर्न सत्ताले नचाहेको देखियो। जस्तो– संवैधानिक आयोग गठन नहुुनु, संविधानको धारा ४० को दलित हक विशेष कानुन बनाएर  लागु नगर्नु, संविधान कार्यान्वयन गर्न सरकारले ध्यान नदिनु, नचाहनु। यसको अर्थ सत्ताले शासक वर्ग र शासित वर्गबीच अन्तरविरोध कायम गर्न खोजेको हो।

कुनै पनि व्यवस्थाको आधारभूत तत्वमा अन्तरविरोध रहन्छ तर अन्तरविरोध उच्च भएमा त्यो राज्य व्यवस्था खत्तम हुन्छ। २८ कार्तिक २०७७ मा नेकपा पार्टीको सचिवालय बैठकमा प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीलाई १२ बँुदा लिखित प्रस्ताव पेस गरेका थिए। प्रतिवेदनमा समेटिएका कुरा विगत दुई वर्षसम्ममा समाजमा छरिएकाथिए। त्यसको सही समाधान गर्ने स्थान पाएको थिएन। जसलाई प्रचण्ड माधव समूहले हिम्मतका साथ कार्यान्वयन गर्ने स्थानमा प्रस्तुत गर्न सके। अहिले .कोरोनाको महामारीले आक्रान्त जनतामा झन् निरासा छाएको छ। सरकारको असन्तुलित नीति र व्यवहारले कोरोना निन्यत्रण र रोकथाममा अकर्मण्यता छाएको छ। यती होल्डिंसदेखि ओम्नी समूहसम्म शंकास्पद साँठगाँठ, वाइडबडी खरिद,सुरक्षण छापाखाना खरिद र सञ्चारमन्त्रीको टेप प्रकरण, चिनी आयात घोटालालगायत प्रचण्डले प्रस्तुत गरेका केही राजनीतिक प्रतिवेदनका बुँदा थिए।तर यसलाई मान्न र सच्याउन तयार भएन सत्ता।यी सरकारद्वारा गराइएका घटना थिए तर शासक वर्गले सहजरूपमा यसलाई सुधार गर्न चाहेन।

प्रकाशित: २२ मंसिर २०७७ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App