१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा सचिवालय बैठक : सहमतिका विषयमा छलफल

नेकपा बैठक । फाइल फाेटाे

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानको गाँठो सचिवालय बैठकमा फुक्न नसकेपछि स्थायी कमिटीबाटै निकास निकाल्ने पक्षमा नेताहरु देखिएका छन्।  

सहमतिका लागि भन्दै शनिबार सचिवालय बैठक बोलाइएपनि निष्कर्ष ननिस्केपछि फेरी स्थायी कमिटीमै विवाद समाधानको प्रयास गरिने भएको हो। विवाद समाधानका लागि भन्दै पटक पटक स्थायी कमिटी बैठक स्थगित हुँदै आएपनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुरा मिल्न सकेको छैन। शनिबार सचिवालय बैठकमा छलफल भएपनि कुनै निर्णय हुन नकसेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। पार्टीभित्र देखिएको आन्तरिक संकट टार्न सचिवालय बैठक डाकिएपनि बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको उनले बताए। आन्तरिक संकटलाई सहमतिको आधारमा कसरी सम्बोधन र समाधान गर्ने भन्ने बारेमा अध्यक्षद्वयबीच गृहकार्य भइरहेको उल्लेख गर्दै उनले विवाद समाधानका गरी पार्टी एकता सुदृढ बनाउँदै कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा सचिवालयमा छलफल भएको बताए। प्रवक्ता श्रेष्ठले आइतबार तोकिएकै समयमा स्थायी कमिटी बैठकबसी छलफल अगाडि बढाउने निष्कर्ष सचिवालयले निकालेको बताए। प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको विषय बैठकमा प्रवेश गर्योाकी गरेन भन्ने पत्रकारहरुको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने,'राजीनामाको कुनै विषय औपचारिक प्रस्ताव बनेको थिएन। पार्टीमा छलफलका क्रममा विभिन्न नेताहरुले के गरेर आजको संकट समाधान गर्न र जिम्मेवारी पुरा गर्न सकिन्छ भन्ने बारेमा विचार राखनुभएको थियो। त्यो विचारहरु प्रस्ताव बनेको र निर्णयार्थ प्रस्तुत भएको अवस्था होइन्।’

एक अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेपाल माधव नेपाल सहित ३० जना स्थायी कमिटी सदस्यले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन दवाव दिइरहहेका छन्। शीर्ष तहमा सहमति जुटाउने भन्दै पटक पटक स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ। असार १० गतेदेखि जारी बैठक नेताहरुबीच सहमति हुन नक्सदा आसर १८ गते यता बारम्बार स्थगित हुँदै आएको छ।

 

प्रकाशित: ३ श्रावण २०७७ १४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App