२ वैशाख २०८३ बुधबार
image/svg+xml

दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ

सुनसरी बराहक्षेत्र नगरपालिका–६ बाट ठूलो परिणामा लागुऔषध गाँजासहित पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ।

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट

राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको सिटरोल आगामी आर्थिक वर्षदेखि प्रदेशको शिक्षा हेर्ने मन्त्रालयमार्फत गर्ने भएको छ।

स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको कार्यान्वयनका क्रममा विद्यालय समायोजन र नयाँ स्थापना गरिएका विद्यालयको विवरण मागेको छ।

वैद्यखानाले अब ‘जिएमपी’ मापदण्ड अनुसार औषधि उत्पादन गर्ने

सिंहदरबार वैद्यखानाबाट उत्पादन हुने आयुर्वेदिक औषधिलाई विश्व स्वास्थ्य सङ्गठनको कुशल उत्पादन अभ्यास (जिएमपी) मापदण्डमा लैजाने तयारी गरिएको छ।

६९ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

शारीरिक रूपमा अक्षम ६९ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २९ वर्षे एक युवकलाई पक्राउ गरेको छ।

सुजन बाग श्रेष्ठले छेडाए चौथो पटक जिब्रो

भक्तपुरको मध्यपुर थिमि बोदेमा बुधबार स्थानीय सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडाएका छन्।

आँखा स्वास्थ्य र अनुसन्धानका लागि तिलगंगा बिपी कोइराला अस्पतालबिच सम्झौता

तिलगंगा आँखा प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच आँखा स्वास्थ्य सेवा अनुसन्धान कार्यक्रमका लागि आपसी सम्झौता भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको समर्थनमा कलाकार

उक्त सार्वजनिक सम्पत्तिमा शाहले १९० तोला सुनका गरगहना पैत्रिक सम्पत्ति रहेको उल्लेख गरेका थिए।

सरकारको नीति विपरित करारमा कर्मचारी भर्ना गर्दै सहिदनगर

केन्द्रमा बालेन शाह नेतृत्वको नयाँ सरकारले करार तथा ज्यालादारी कर्मचारी भर्नामा कडाइ गर्ने नीति लिएका बेला धनुषाको सहिदनगर नगरपालिकाले भने ठूलो संख्यामा करारका कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाएको छ।

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ।

अनिवार्य श्रमदानको नीतिले मात्रै गरिबी अन्त्य हुन्छ : साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनिवार्य श्रम र श्रमदानको नीतिले मात्रै गरिबीको अन्त्य गर्न सकिने बताएका छन्।

शीतभण्डार निर्माणका नाममा भ्रष्टाचार, कामै नगरी गलत प्रतिवेदन बनाएर ७१ लाख ‘झ्वाम’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा शीतभण्डार निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

१० हजार बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ।

परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले भेटवार्ता गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्