२ वैशाख २०८३ बुधबार
image/svg+xml
अपराध

६९ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

शारीरिक रूपमा अक्षम ६९ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २९ वर्षे एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष पोखरेलका अनुसार पक्राउ पर्नेमा बिनोद सार्की रहेका छन्। प्रहरीले अभियुक्तको वतन खुलाएको छैन। बिनोदलाई इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए।

बिनोदमाथि डर, त्रास देखाएर धम्की समेत दिइ अशक्त र वृद्धालाई जबरजस्ती करणी गरेको अभियोग रहेको छ।

प्रकाशित: २ वैशाख २०८३ १७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App