२ वैशाख २०८३ बुधबार
image/svg+xml
खेल

आइपिएल: आरसिबी र लखनउ भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर र लखनउ सुपर जायन्ट्सबिच प्रतिस्पर्धा हुँदैछ।

बुधबार खेल बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछ। जारी आइपिएलमा आरसिबी अंक तालिकाको तेस्रो स्थानमा छ भने लखनउ सातौँ स्थानमा छ।

जारी सिजनमा दुवै टोलीले समान ४-४ खेल खेलिसकेका छन्। आरसिबीले खेलेको ४ खेलमा ३ मा जित हासिल गर्दा एकमा पराजय भोगेको छ। त्यस्तै, लखनउले ४ खेलमा २ मा जित र २ मा हार व्यहोरेको छ। लखनउ आज साविक विजेता आरसिबीलाई हराउने दाउमा हुनेछ। आरसिबी भने लखनउमाथि फराकिलो जित हासिल गर्न चाहन्छ।

आइपिएलको इतिहासमा यी दुई टोलीबिच ६ पटक खेल भएको छ जहाँ आरसिबीले ४ खेल जितेको छ भने लखनउले दुई खेल जितेको छ।

प्रकाशित: २ वैशाख २०८३ ११:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App