३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

देवल बिमानस्थल निर्माण अन्तिम चरणमा

एक दशकदेखि बन्द अवस्थामा रहेको बझाङको देवल बिमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। बिमानस्थलको कालोपत्रेसहित वरिपरि घेरबार लगाउने काम र नाली निमार्णको काम सकिएको हो।

बिमामा बेइमानी

नियामक निकाय बिमा समितिले बिमा लेख मापदण्ड संशोधन गरेर सर्वसाधारणलाई अलमलमा पारिदिएको छ भने बिमा कम्पनीहरूलाई झुक्याउने र ठगी गर्ने बाटो खोलिदिएको छ।

कोरोना बिमामा नियामक निकायकै जालझेल, नयाँ सर्त राख्दै भुक्तानीमा अल्झाउँदै

नेपालका बिमा कम्पनीहरूले करारअनुसारको पूरै दायित्व वहन गर्दैनन् भन्ने आरोप पहिलेदेखिकै हो। जरुरी ठानेर जीवन र निर्जीवन बिमा करार गरेका बिमितलाई अनेक बहानाबाजी गरेर कम्पनीहरूले सम्झौताअनुसार भुक्तानी दिने गरेका छैनन् ।

बिमा कम्पनीको ज्यादती: एक लाखको कोरोना बिमामा जम्मा २५ हजार भुक्तानी

बिमा लेख खरिद गर्नेको संख्या वृद्धिसँगै संक्रमित पनि बढेपछि समिति र कम्पनीहरूले नयाँ सर्त तोकेर भुक्तानी नगर्ने नियत राखेका छन् ।

निजी ल्याबको कोरोना परीक्षणमा बिमा समितिको किन अविश्वास ?

गत हप्ता मात्रै कोरोना मुक्त भएर घर फर्केका एक बैंकका कर्मचारीले आफ्नो कोरोना बिमाको भुक्तानीका लागि बिमा गरेको कम्पनीमा दावी पेश गरे। तर उनले बिमा समितिको मापदण्ड थाहा पाएपछि अहिले बिमा रकम नपाइने हो कि भन्ने चिन्तामा छन्।

जीवन बिमाबापतको रकम भुक्तानी

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले कर्जा लिएका व्यक्तिको मृत्युपछि उनका आफन्तलाई बिमाबापतको मृत्यु दाबी भुक्तानी गर्न थालेको छ ।

विद्यार्थीको कोरोना बिमा

सुर्खेत होराइजन एकेडेमीले आफ्ना शिक्षक, शिक्षिका, विद्यालय कर्मचारी र विद्यार्थीहरूका लागि कोरोना बिमा गरिदिएको छ ।

बिमालेख प्रारम्भ भएकाे दुई वर्षपछि मात्र बिमालेख धितोमा ऋण लिन पाइने

बिमालेखअन्तर्गत समर्पण मूल्य तथा बिमालेख धितो राखी ऋण प्रदान गर्दा बिमालेख प्रारम्भ मितिबाट दुई वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिने व्यवस्था गरिएकाे छ ।

फेवा बजारले उपभोक्ताका लागि कोरोना बिमा योजना ल्याउने

फेवा बजार डटकम ई–कमर्सले उपभोक्ताको बिमा गरिदिने भएको छ । हेड अफिस पोखरा र कर्पोरेट अफिस काठमाडौंबाट देशैभर होम डेलिभरीको सेवा दिइरहेको फेवा बजार डटकम ई–कमर्सले फेवाबजारबाट सामान खरिद गर्ने ग्राहकहरुका लागि एक लाखबराबरको निःशुल्क कोरोना बिमा गरिदिने भएको हो ।

पूर्वसञ्चारमन्त्री बस्नेतको अगुवाईमा सिन्धुपाल्चोकका स्वास्थ्यकर्मीको बिमा

नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको अगुवाईमा सिन्धुपाल्चोकका सबै स्वास्थ्यकर्मीको कोरोना स्वास्थ्य बिमा गरिएको छ । कोरोना भाइरस नियन्त्रणमा अग्रपंक्तीमा रहेका काम गर्ने स्वास्थ्य कार्यालय अन्तर्गतका सबै ६ सय १३ स्वास्थ्यकर्मीको एक लाख रुपैयाँको बिमा गरिएको हो ।

धनकुटामा ३३ जना सञ्चारकर्मीको कोरोना बिमा

धनकुटामा फ्रन्टलाईनमा काम गर्ने ३३ जना सञ्चारकर्मीको जनज्योती बचत तथा ऋण सहकारी संस्था धनकुटाले एनएलजी इन्स्योरेन्स कम्पनी मार्फत कोरोना बिमा गरिदिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्