२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बिमालेख प्रारम्भ भएकाे दुई वर्षपछि मात्र बिमालेख धितोमा ऋण लिन पाइने

बिमालेख प्रारम्भ भएकाे  दुई वर्षपछि मात्र बिमालेख धितोमा ऋण लिन पाइने भएको छ । बिमा समितिले बुधबार निर्देशिका जारी गरी यो व्यवस्था कार्यान्वयन गर्न जीवन बिमा कम्पनीहरूलाई निर्देशन दिएको हो ।

‘बिमकले अधिकतम एक आर्थिक वर्षभिध मात्र बिमालेख ब्याकडेट गर्न सक्नेछ । तर, एकल बिमाशुल्क भुक्तानी गर्ने गरी जारी गरिउका बिमालेखका हकमा ब्याकडेट गर्न पाइनेछैन,’ निर्देशिकामा उल्लेख छ ।

बिमालेखअन्तर्गत समर्पण मूल्य तथा बिमालेख धितो राखी ऋण प्रदान गर्दा बिमालेख प्रारम्भ मितिबाट दुई वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिने व्यवस्था गरिएकाे छ ।  

त्यस्तै निर्देशिकामा लेखिएको छ, ‘तर, एकल बिमाशुल्क भुक्तानी गर्ने गरी जारी गरिउका बिमालेखको हकमा भने बिमा प्रारम्भ मितिको एक वर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न सकिनेछ ।’

प्रकाशित: १८ असार २०७७ ०५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App