१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बक्सिङ प्रशिक्षक र निर्णायकको बिमा

नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरूको कोरोना बिमा गरिदिएको छ । वान देखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणिका २० निर्णायक गरी जम्मा ५२ जनाको जनही १ लाखका दरले बक्सिङ संघले बिमा गरिदिएको हो । 

ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरूको बिमा गरिएको संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् । बिमाको अवधि भदौ १५ गतेदेखि १ वर्षसम्मका लागि कायम रहनेछ । बक्सिङ संघका अध्यक्ष राम अवालेले प्रशिक्षकको बिमाको पत्र बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र निर्णायकहरूको पत्र एसियाडका कांस्य पदक विजेता समेत रहेका संघका प्रविधिक कमिटीका संयोजक एवं थ्री स्टार कोच दीपक महर्जनलाई सम्बन्धितलाई हस्तान्तरण गर्ने गरी प्रदान गरे । सो अवसरमा अध्यक्ष अवालेले क्रमैसँग आठौं राष्ट्रिय खेलकुदका पदक विजेता, अन्तर्राष्ट्रिय पदक विजेता र ओलम्पियन बक्सिङ खेलाडीको पनि कोरोना विमा गरिदिने प्रतिबद्धता जनाएका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको बिमा भने यसअघि नै बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले गरिदिएका छन् ।

प्रकाशित: १९ भाद्र २०७७ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App