२३ श्रावण २०७७ शुक्रबार

विद्यार्थीको कोरोना बिमा

सुर्खेत होराइजन एकेडेमीले आफ्ना शिक्षक, शिक्षिका, विद्यालय कर्मचारी र विद्यार्थीहरूका लागि कोरोना बिमा गरिदिएको छ ।

फेवा बजारले उपभोक्ताका लागि कोरोना बिमा योजना ल्याउने

फेवा बजार डटकम ई–कमर्सले उपभोक्ताको बिमा गरिदिने भएको छ । हेड अफिस पोखरा र कर्पोरेट अफिस काठमाडौंबाट देशैभर होम डेलिभरीको सेवा दिइरहेको फेवा बजार डटकम ई–कमर्सले फेवाबजारबाट सामान खरिद गर्ने ग्राहकहरुका लागि एक लाखबराबरको निःशुल्क कोरोना बिमा गरिदिने भएको हो ।

पूर्वसञ्चारमन्त्री बस्नेतको अगुवाईमा सिन्धुपाल्चोकका स्वास्थ्यकर्मीको बिमा

नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको अगुवाईमा सिन्धुपाल्चोकका सबै स्वास्थ्यकर्मीको कोरोना स्वास्थ्य बिमा गरिएको छ । कोरोना भाइरस नियन्त्रणमा अग्रपंक्तीमा रहेका काम गर्ने स्वास्थ्य कार्यालय अन्तर्गतका सबै ६ सय १३ स्वास्थ्यकर्मीको एक लाख रुपैयाँको बिमा गरिएको हो ।

धनकुटामा ३३ जना सञ्चारकर्मीको कोरोना बिमा

धनकुटामा फ्रन्टलाईनमा काम गर्ने ३३ जना सञ्चारकर्मीको जनज्योती बचत तथा ऋण सहकारी संस्था धनकुटाले एनएलजी इन्स्योरेन्स कम्पनी मार्फत कोरोना बिमा गरिदिएको छ ।

सुनचाँदी व्यवसायीको कोरोना बीमा

बुटवल क्षेत्रका १९३ सुनचाँदी व्यवसायीको कोरोना बीमा गरिएको छ। बुटवल सुनचाँदी व्यवसायी संघले हाल विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमणविरुद्ध सुरक्षाका लागि सदस्यको बीमा गरिएको जनाएको छ।

अस्पतालका कर्मचारीलाई नि:शुल्क कोरोना बिमा

जिल्ला अस्पताल सिन्धुलीका चिकित्सक तथा कर्मचारीहरुको कोरोना बिमा गरिने भएको छ । कोभिड–१९ मा खट्ने सम्पुर्ण कर्मचारीको कोरोना बिमा गर्न लागेको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्