२४ माघ २०८२ शनिबार
image/svg+xml
समाज

महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिए

प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनका लागि महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिएका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २० हजार ५२ पुरुष, १४ हजार १९९ महिला र एक जना अन्य गरी ३४ हजार २५२ नयाँ मतदाता थपिएका हुन्।

जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार जिल्लामा कुल मतदाता चार लाख ३१ हजार २८२ रहेका छन्। यसअघि जिल्लामा तीन लाख ९७ हजार ३० जना मतदाता थिए। क्षेत्रगत रूपमा जिल्लामा चार वटा निर्वाचन क्षेत्र रहेका उनले जानकारी दिए।

प्रकाशित: २२ पुस २०८२ ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App