सन् २०२१ जनवरी ६ अर्थात आजकै दिनमा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूको भीडले संयुक्त राज्य अमेरिकाको क्यापिटल भवनमा आक्रमण गरेको थिए।आक्रमणपछि अमेरिकी लोकतान्त्रिक प्रक्रियामाथि गम्भीर चुनौती उत्पन्न भएको थियो।
आक्रमणकारीहरूले क्यापिटल परिसरमा जबर्जस्ती प्रवेश गरी प्रतिनिधि सभा र सिनेटको काम अवरोध गरेका थिए। उक्त घटनाको कारण अमेरिकी सांसदहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण समेत गर्नु परेको थियो। जसको कारण २०२० को राष्ट्रपति चुनावको नतिजा र चुनावी मतगणना प्रक्रिया अस्थायी रूपमा रोकिएको थियो।
उक्त आक्रमण राष्ट्रपति निर्वाचित जो बाइडेनको विजयलाई रोक्ने उद्देश्यले गरिएको भन्दै व्यापक रूपमा विद्रोहको रुपमा व्याख्या गरिएको थियो। अमेरिकाको संघीय अनुसन्धान ब्यूरो र अन्य कानून कार्यान्वयन गर्ने विभिन्न निकायहरूले उक्त घटनालाई घरेलु आतंकवादसँग सम्बन्धित काम भएको भन्दै अनुसन्धान गर्दै घटनामा संलग्न धेरै व्यक्तिहरुलाई पक्राउ गर्दै संघीय मुद्दा दायर गरिएको थियो। उक्त आक्रमणको कारण सन् २०२० को अमेरिकी राष्ट्रपति चुनाव कोभिड–१९ महामारीको बीचमा भएको थियो। जनस्वास्थ्य जोखिमका कारण धेरै राज्यहरूले मेल–इन मतदानको प्रयोग विस्तार गरेका थिए। ट्रम्प र उनका समर्थकहरूले यस प्रणालीलाई लिएर बारम्बार चुनावमा धाँधली भएको दाबी गर्दै आएका थिए। तर अदालतले उक्त दाबीलाई पटकपटक अस्वीकार गरेका थिए।
चुनावपछि ट्रम्पले आफूलाई विजेता घोषणा गर्दै मतगणनालाई ‘अमेरिकी जनतामाथिको धोखाधडी’ भनेका थिए। उनका उक्त दाबीले समर्थकहरूबीच आक्रोश र अविश्वास बढाउदैँ गएको थियो। चुनावपछि ‘स्टप द स्टिल’ अभियान सामाजिक सञ्जालमार्फत चलेको थियो। जसको कारण बाइडेनको विजय अवैध भएको दाबी गर्यो। यही अभियानसँग सम्बन्धित समूहहरूले जनवरी ६ मा वाशिंगटन डीसीमा प्रदर्शन गरेका थिए।
जनवरी ६ अघि ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूलाई क्यापिटल नजिक र्यालीमा सहभागी हुन भनेका थिए। क्यापिटल भवनमा आक्रमणपछि अमेरिकी प्रतिनिधि सभाले ट्रम्पमाथि विद्रोह गर्न उस्काएको आरोपमा महाभियोग लगाएको थियो। तर पछि सिनेट मार्फत उनलाई दोषमुक्त गरिएको थियो। एजेन्सी
प्रकाशित: २२ पुस २०८२ ०८:३२ मंगलबार





