२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

१६ बक्सरको बिमा

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपालका १६ बक्सरसहित कुल १८ जनाको कोरोना बिमा गरिएको छ ।  

पूर्वबक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले गत मंसिरमा सम्पन्न १३औं सागका १६ बक्सरसहित दुई प्रशिक्षकको कोरोना बिमा गरिदिएका हुन् । नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले आफ्नै खर्चमा हरेक खेलाडी र प्रशिक्षकको जनही एक लाख रूपैयाँको कोरोना बिमा गरिदिएका हुन् । बुधबार एक कार्यक्रमबीच पूर्वबक्सर श्रेष्ठले बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरलाई कोरोना बिमाको कागजपत्र हस्तान्तरण गरेका थिए । १३औं सागमा १० पुरुष र ६ महिला गरी १६ खेलाडीले विभिन्न तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए ।  

सागमा नेपालले बक्सिङमा तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो । महिलातर्पm मीनु गुरुङ तथा पुरुषमा सनिल शाही र भूपेन्द्र थापाले १३औं सागमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । १३औं सागमा दीपक श्रेष्ठ मात्र पदक जित्न असफल भएका थिए । बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र प्रवीण तुलाधरको पनि पूर्वबक्सर श्रेष्ठले कोरोना बिमा गरिदिएका छन् ।

प्रकाशित: ११ भाद्र २०७७ ०१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App