३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कास्कीमा एक लाख ३७ हजार पशुको बिमा

किसानलाई कृषि बाली तथा पशु बिमाले थप उत्साहित र प्रोत्साहित गरेको छ। कास्कीमा एक महानगरपालिकासहित चार गाँउपालिका छन्। सरकारले ७५ प्रतिशत अनुदान उपलब्ध गराएपछि पशु बिमा गर्ने बढेको जिल्ला पशु तथा भेटेनरी कार्यालय कास्कीले जनाएको छ।  

कार्यालयको तथ्यांक अनुसार एक लाख ३६ हजार आठ सय पशुको बिमा गरिएको छ। बिमाले किसानको लगानी जोखिम बहन गर्ने भएपछि अधिकांशले पशु बिमा गरेको कार्यालयले जनाएको छ।  

‘७५ प्रतिशत सरकारी अनुदान र २५ प्रतिशत किसानले बेहोर्ने गरी पशु बिमा गरिएको छ,’ कार्यालय प्रमुख डा. शोभा शर्माले भनिन्, ‘बिमाले किसानलाई राहत दिएको छ।’ बिमा नहुँदा लाखौं रुपैयाँमा किनेर ल्याएको भैंसी मरेपछि किसानको लगानी डुब्थ्यो। सर्वसाधारणलाई पशुपालनतर्फ आकर्षित गर्न सरकारले बिमाको अवधारणा ल्याएपछि किसानले राहतको अनुभूति गर्दै आएका छन्। कार्यालय प्रमुख डा. शर्माका अनुसार बिमावापत १९ करोड २० लाख ८५ हजार रुपैयाँ बराबरको शुल्क सरकारले बेहोरेको छ।  

किसानले आफ्नो पशुको बिमा गर्दा ३ करोड ८७ लाख ७० हजार रुपैयाँ लगानी गरेको तथ्यांक छ। महानगरपालिका क्षेत्रका किसान बिमा गराउनुपर्छ भन्ने सचेत रहेको कार्यालयको बुझाइ छ। विभिन्न २० वटा कम्पनीले बिमा गर्दै आएका छन्। पशुपक्षी बिमा निर्देशिका २०६९ अनुसार बिमा गरिने पशुपक्षीको बिमा शुल्क तोकिएको छ।

प्रकाशित: २२ भाद्र २०७७ ०५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App