coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

विद्यार्थीको कोरोना बिमा

सुर्खेत होराइजन एकेडेमीले आफ्ना शिक्षक, शिक्षिका, विद्यालय कर्मचारी र विद्यार्थीहरूका लागि कोरोना बिमा गरिदिएको छ । शिक्षक, शिक्षिका, विद्यालय कर्मचारी र विद्यार्थीहरूको आत्मबल बढाउन कोरोना बिमा गरिएको हो ।

कोरोना बिमाले विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी र विद्यार्थीको उपचारमा सहज हुने अपेक्षा गरिएको छ । ४० जना शिक्षक, शिक्षिका र विद्यालय कर्मचारीसँगै र कक्षा १० का ३४ जना विद्यार्थीको कोरोना बिमा गरिएको सुर्खेत होराइजन एकेडेमीका प्रिन्सिपल घनश्याम खड्काले जानकारी दिए । ‘कोरोना संक्रमण जो कोहीलाई पनि हुन सक्छ,’ उनले भने, ‘सुरक्षाको उपाय अपनाएर शिक्षण सिँकाइ हुँँदा कोरोना संक्रमण भए उपचार गर्न सहज हुने अपेक्षा गरिएको छ ।’ ‘अहिले कक्षा १० का विद्यार्थीको मात्र कोरोना बिमा गराएका छांै,’ उनले भने, ‘बिस्तारै सबै विद्यार्थीको बिमा गराउँछौं ।’

विद्यालयमा अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको सुर्खेत होराइजन एकेडेमीले जनाएको छ । ‘हातले नछोएर पानी र स्याम्पु आउने तयारीका विद्यालयमा जडान गरेका छौं,’ प्रिन्सिपल खड्काले भने, ‘विद्यालयभित्र छिर्दा सबैको अनिवार्य थर्मलगनमार्फत ज्वरो नापिने छ ।’ हाल उक्त विद्यालयमा करिब सात सय विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित: ११ श्रावण २०७७ ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App