मीनभवनमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल सर्भिस अस्पताल)मा न्युरो सर्जरी शल्यक्रिया सेवा सुरु हुने भएको छ ।
अस्पतालका निर्देशक मोहनचन्द्र रेग्मीलेबहिरंग सेवा सुरु भइसकेको जानकारी दिँदै शल्यक्रिया पनि एक महिनाभित्रै सुरु गर्ने तयारी भएको जानकारी दिए । सेवा सुरु गर्न अहिले आवश्यक जनशक्ति व्यवस्थापनको काम भइरहेको र चाँडै पदपूर्ति गर्ने रेग्मीको भनाइ छ ।
सिभिलमा एक महिनादेखि मुटुरोग सेवामा क्याथल्याव सेवा पनि सञ्चालनमा छ । क्याथल्याव सेवाले मुटुको नली बन्द भएको÷नभएको, मुटुको भल्व सम्बन्धी समस्या हेर्ने, जन्मजात मुटुको समस्या, पेशमेकर राख्ने लगायतका सेवा गर्ने प्रविधि हो ।
प्रकाशित: २० पुस २०८२ १६:३७ आइतबार





