११ मंसिर २०८१ मंगलबार
image/svg+xml

राहत लिएर आगलागी पीडित भेट्न जाँदै मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगु सदरमुकाम गमगढीमा मंगलबार राति भएको आगलागी घटनाको स्थलगत अवलोकन गर्ने भएका छन्।

पोखराबाट आठ बन्दकर्ता प्रहरी नियन्त्रणमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवनबाट १० बन्दकर्ता पक्राउ

नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

मुख्यमन्त्री शाहीद्वारा आगलागी घटनाप्रति दुःख व्यक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको गमगढीमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

एक अर्ब ५९ करोडमा कर्णाली रङ्गशाला निर्माण सुरु

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रङ्गशाला निर्माण सुरुआत गरिएको छ। प्रदेश सरकारको लगानीमा सो रङ्गशाला निर्माण सुरु भएको हो।

एमसिसी पारित गराउन व्यवसायीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

उनीहरुले देशको समग्र आर्थिक वृद्धिका लागि तथा उर्जा क्षेत्रको हित र देशका युवा वर्गका निम्ति रोजगारी सिर्जना गर्ने भएकाले सो परियोजना पारित गर्न अनुरोध गरेको प्रष्ट पारेको छ।

किन बढिरहेको छैन बिजुलीको माग?

पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न नसकेको देखिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कूल बिजुलीको माग एक हजार ३२२ मेगावाट मात्रै रहेको छ।

तेक्वान्दोकर्मी सम्मानित

नेपाली पारा तेक्वान्दोकी खेलाडी पलेशा गोर्वधन, उनका प्रशिक्षक कविराज नेगी लामा र चितवनका प्रशिक्षक दीपेन्द्रबहादुर नेपाली शनिबार सम्मानित भएका छन्।

उपकुलपतिलाई काम गर्न रोक

सरकारले उपकुलपति रावलसहित रजिस्ट्रार नृपेन्द्र महतलाई पनि तत्काल कामकाज नगर्न निर्देशन दिएको छ। कर्णाली प्रतिष्ठानका पदाधिकारीको योग्यतामाथि प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई दैनिक कामकाज नगर्न निर्देशन दिएको हो।

तलब नदिई कर्मचारी निकालियो

उपमहानगरको यो पछिल्लो पत्रपश्चात सहरी स्वास्थ्य केन्द्रका करार कर्मचारी गत कात्तिक १ गतेयता हाजिर भएका छैनन्। करार भएका कारण नगरपालिकाले जागिरबाट निस्कासन गर्‍यो। तर ८ महिनासम्मको उनीहरूको तलब सुविधासमेत दिन मानेन।

निर्मला कुर्मी प्रकरणः दोस्रो चरणको आन्दोलन सुरु

मुद्दामा मुख्य अभियुक्त भनिएका नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद बादशाह कुर्मीलाई प्रहरीले पक्राउ गर्नुको साटो संरक्षण गरेको महिला अधिकारकर्मीहरुको भनाइ छ।

धुलाम्य बन्यो जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक, स्वास्थ्यमा समस्या

रु ५८ करोड लागतमा भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन्।

दश पालिकामा अझै छैन सडक पहुँच

नेपालको सबैभन्दा ठूलो भूगोल भएको कर्णाली प्रदेशमा जम्मा ७९ वटा स्थानीय पालिका छन्। ७९ मध्ये अझै १० वटा पालिका सडक सञ्जालसँग जोडिएका छैनन्। मुगु जिल्लामा चार वटा स्थानीय तह छन्।

करेन्ट लागेर मृत्यु भएको व्यक्तिका परिवारलाई १६ लाख क्षतिपूर्ति

ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्