७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमसिसी पारित गराउन व्यवसायीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपालका विभिन्न व्यावसायीहरुले तत्कालै एमसिसी पारित गर्न सरकारको ध्यानार्कषण गरेका छन्।

नेपालका विभिन्न व्यावसायिक प्रतिनीधिहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई लिखित पत्र लेखी सो परियोजना यथासिघ्र पारित गर्न अनुुरोध गरेका हुन्। व्यवसायीहरुमध्ये नेपाल अमेरिका उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्श, नेपाल स्वतन्त्र उर्जा उत्पादक संघ र नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनीधिहरुले प्रधानमन्त्री देउवालाई लिखित पत्र पठाएका हुन्।

उनीहरुले देशको समग्र आर्थिक वृद्धिका लागि तथा उर्जा क्षेत्रको हित र देशका युवा वर्गका निम्ति रोजगारी सिर्जना गर्ने भएकाले सो परियोजना पारित गर्न अनुरोध गरेको प्रष्ट पारेको छ।

उनीहरुले देशको वृहद् पूर्वाधार निर्माणका लागि आवश्यक साधन स्रोतको अभाव सामना गरिरहेको अवस्थामा एमसिसीले निःशर्त अनुदान उपलब्ध गराउन सहमत भएकाले सो सम्झौता नेपालको हितमा रहेको जनाउँदै सो सम्झौताले सार्वभौमसत्ताका विषयमा समेत भ्रम हटिसकेको उल्लेख गरेका छन्।

‘हस्ताक्षर भइसकेको अन्तरराष्ट्रिय सम्झौताबाट पछाडि फर्कदा विश्व समुदायमा नेपालको छवि धमिलिनुका साथै विश्वसनीयतामा पनि ह्रास आउनेछ भने वैदेशिक लगानीकर्ता तथा दातृ निकायहरु पनि टाढिन सक्छन्।’ उनीले पठाएको पत्रमा उल्लेख छ।

प्रकाशित: २८ कार्तिक २०७८ ०९:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App