करिअर तथा व्यक्तित्व बनाउन ए लेभल
शुक्रबार ब्रिटिस काउन्सिलले आयोजना गरेको ए लेभल उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा भेटिएका सर्वोत्कृष्ट विद्यार्थीहरूले क्याम्ब्रिजको ए लेभललाई करिअर र व्यक्तित्व निर्माण गर्ने विषयकारूपमा बुझेका छन्।
शुक्रबार ब्रिटिस काउन्सिलले आयोजना गरेको ए लेभल उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा भेटिएका सर्वोत्कृष्ट विद्यार्थीहरूले क्याम्ब्रिजको ए लेभललाई करिअर र व्यक्तित्व निर्माण गर्ने विषयकारूपमा बुझेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख ९ गते पार्टी एकता घोषणा गरेर देशलाई नयाँ युगमा लैजाने बताएका छन्।
एनआइसी एसिया बैक र विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच दीर्घकालीन कर्जा लेनदेनसम्बन्धी सम्झौता भएको छ।
अख्तियार प्राप्त सचिव समयमै नआउँदा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय विगत चार महिनादेखि उधारोमा चलिरहेको छ। सचिव गिरिजा शर्मा नआउँदा दैनिक कार्य सञ्चालन, मन्त्रालय व्यवस्थापनलगायतका कामहरु उधारोमा गर्नुपर्ने बाध्यता मन्त्रालयसँग छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले २ लाख रुपैयाँ घुससहित जिल्ला मालपोत कार्यालय सुर्खेतका दुई कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ।
एक सातायता परेको असिना पानीका कारण जिल्लामा रु पाँच करोड बराबरको काँचो इँटा नष्ट भएको छ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेल र खेलाडीको हितलाई लक्षित गर्दै नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई सोमबार ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भेटमा उत्तर कोरियाली नेता किम जोङ–उनले कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने विषयमा अमेरिकासँग वार्ता गर्न तयार रहेको उत्तर कोरियाले पहिलो पटक अमेरिकालाई बताएको अमेरिकी अधिकारीहरुले आइतबार बताएका छन्।
भूकम्पबाट क्षतिग्रस्त सिंहदरबार भवनको पश्चिमी मोहडा प्रबलीकरण (रेट्रो फिटिङ) प्रक्रिया रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि प्रबलीकरणमा भइरहेको काम तत्कालका लागि रोकिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समितिका स्थायी कर्मचारीलाई सम्बन्धित जिल्लाका गाउँपालिका÷नगरपालिकामा खटाउन निर्देशन दिएको छ।
जिल्लाको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगमा ‘नो क्यान’ सुरु भएको छ । किसानले उद्योगमा उखु अल्याउन छाडेपछि यस्तो अवस्था आएको हो।
करेन्ट लागेर हरेक तीन दिनमा एकजनाको अंगभंग हुने गरेको छ । हावाहुरीबाट बिजुलीका पोल ढलेर, बिजुलीका नांगा तार चुँडिएर, हुकिङबाट बिजुली चोर्न खोज्दा, मर्मतसम्भार गर्न खोज्दा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र सर्वसाधारण गम्भीर दुर्घटना पर्ने गरेका छन्।
सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा नजाने कर्मचारीलाई ल्याएको स्वेच्छिक अवकाश प्रक्रिया रोकिएको छ। स्वेच्छिक अवकाश प्रक्रियाबारे माथिल्लो तहबाट कुनै निर्देशन नआएकाले रोकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका स्वेच्छिक इकाइका प्रमुख धर्मराज रोकायले जानकारी दिए।
उदयपुरमा अटो रिक्साको ठक्करबाट सोमबार एक वृद्धाको निधन भएको छ। स १ ह १२५३ नम्बरको अटो रिक्साले त्रियुगा नगरपालिका–३ मोतिगडामा ठक्कर दिँदा सुनसरी चक्रघट्टी स्थायी घर भएकी ८० वर्षीया पदमलक्ष्मी श्रेष्ठको निधन भएको हो।