१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

अटो रिक्साको ठक्करबाट बृद्धाको निधन

उदयपुर- उदयपुरमा अटो रिक्साको ठक्करबाट सोमबार एक वृद्धाको निधन भएको छ। स १ ह १२५३ नम्बरको अटो रिक्साले त्रियुगा नगरपालिका–३ मोतिगडामा ठक्कर दिँदा सुनसरी चक्रघट्टी स्थायी घर भएकी ८० वर्षीया पदमलक्ष्मी श्रेष्ठको निधन भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको उपचार गर्न लाँदा लाँदै बाटैमा निधन भएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। आफन्त भेट्न उदयपुर आएकी उनलाई बाटो क्रस गर्ने क्रममा अटो रिक्साले ठक्कर दिएर घाईते बनाएको थियो । उनलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरतर्फ लैजादै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने रिक्सा र चालक रोहित प्रधान पक्राउ परेका छन् । उनीहरुलाई कानुनी कारबाहीका लागि थप अनुसन्धान अघि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख सई लोकबहादुर दियालीले बताए।

प्रकाशित: २६ चैत्र २०७४ १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App