१२ मंसिर २०८१ बुधबार
image/svg+xml

विद्युतीय दुर्घटना बढ्यो, जोखिम न्यूनीकरणका लागि तेस्रो पक्ष बीमा

विसं २०६८ को असारदेखि अहिलेसम्म ७५२ विद्युतीय दुर्घटना भएका छन्। विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्तिवापत नेपाल विद्युत् प्राधिकरणले अहिलेसम्म रु १२ करोड २० लाख खर्च गरेको छ।

कर्णाली प्रदेशमा संसदीय समिति गठन

कर्णाली प्रदेश संसदले चार वटा संसदीय समिति गठन गरेको छ। सोमबार बसेको संसदको १० औं बैठकले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरेको हो।

संघीय राजधानीसँग जोडियो कर्णाली

हवाई मार्गबाट कर्णाली प्रदेश संघीय राजधानी काठमाडौंसँग जोडिएको छ। राष्ट्रिय ध्वजवाहक नेपाल एयरलायन्सले आइबारदेखि औपचारिक रुपमा संघीय राजधानीदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनरमा औपचारिक उडान सुरु गरेको हो।

टिमुर खेतीमा किसान आकर्षित

जंगलमा रहेको टिमुरलाई ‘अपरेशन’ गरी व्यवसायिक बनाउनेतर्फ किसानहरू लागेका छन्। सरकारले जडीबुटीहरूको अनुसन्धान, विकास तथा खेती प्रविधि कार्यका लागि टिमुरलाई प्राथमिकताको सूचीमा राखे पछि टिमुर खेती तर्फ किसानको आकर्षण बढेको हो।

बलात्कार न्यूनीकरण गर्न कार्ययोजना

बलात्कार एवं महिला हिंसाका घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ। बलात्कारका घटना न्यूनीकरण गर्न तीनमहिने अभियान सञ्चालन गर्ने कार्ययोजना बनाइएको खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।

बजेट वक्तव्य नआउँदै डेढ करोड सकियो

कर्णाली प्रदेशले डेढ करोड रुपैयाँ एक महिनामै सकाएको छ । आर्थिक कार्यविधि ऐन पारित हुन र बजेट ल्याउन ढिलो हुने देखिएपछि संघीय सरकारको अर्थ मन्त्रालयले सातवटै प्रदेशका प्रदेशसभा सचिवालय र मन्त्रालयहरुलाई बजेटसहित अख्तियारी प्रदान गरेको थियो । केन्द्र सरकारले कर्णाली प्रदेशमा एक अर्ब दुई करोड पाँच लाख रुपैयाँ पठाएको छ।

विदेशबाटै श्रम स्वीकृृति नवीकरण गराउने तयारीमा सरकार

वैदेशिक रोजगारीमा जाने कामदार ठगीमा पार्ने प्रमुख कारण मानिएको केन्द्रिकृत श्रम स्वीकृति नवीकरणलाई विकेन्द्रिकृत गर्न सरकारले तयारी थालेको छ।

जगदम्बा सिमेन्टद्वारा निर्माणकर्मीसँग भेटघाट

जगदम्बा सिमेन्टले बालाजु क्षेत्रका निर्माणकर्मीसँग भेटघाट कार्यक्रम गरेको छ। पुनःनिर्माणलाई गति दिने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको कम्पनीले जनाएको छ।

आगलागीबाट भाटभटेनीमा १० करोडको क्षति

बुटवलको भाटभटेनी सुपर मार्केटमा आगलागी हुँदा झण्डै १० करोड बराबरको क्षति भएको छ। इलेक्ट्रिकल सामानको पसल रहेको सुपर मार्केटको चौँथो तलाबाट आगो सल्किएको थियो।

आफ्नै घरमा काम गर्ने बालिकामाथि जबरजस्ती करणी

ऋण लगानी गरेर मिटर व्याजी साहुको रुपमा मुलुकव्यापी चर्चा कमाएका श्याम प्रदेशी उपनामले चिनिने श्यामकृष्ण साहलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।

काठ तस्करी गर्ने वडा अध्यक्ष पक्राउ

काठतस्करी मुद्दामा दोषी ठहरिएका डुडुवा गाउँपालिका ४ का वडाअध्यक्ष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले शनिबार दिउँसो ३ बजे वडाअध्यक्ष सगिर खाँलाई पक्राउ गरेको हो।

तारकेश्ववासीको प्रश्न : साङलेखोला करिडोर कहिले बन्छ ?

काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य भिमसेनदास प्रधानले साङलेखोला करिडोर निर्माणलाई तिब्रता दिन सम्वन्धित निकायको ध्यानाकर्षण गराउने बताएका छन्।

पूर्वराष्ट्रपति सुरक्षाकर्मीको नियन्त्रणमा

ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु,  स्थानीयवासीद्वारा सडक अवरुद्ध

मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पुर्‍याएका छन् ।

निजामती कर्मचारी : भाग्ने–पन्छिने किन ?

निजामती कर्मचारीलाई सेवामा राखेर काम लगाउनुपर्ने समयमा घर पठाउने निर्णय समयानुकूल थिएन । समायोजन ऐन, २०७४ मा भएको स्वेछिक अवकासको प्रावधान सरकारले संशोधन गरी खारेज गर्न सक्छ । स्वेच्छिक अवकासको निवेदन मात्र संकलन भएको तर स्वीकृत नभइसकेको अवस्थामा करिब १० हजार कर्मचारीलाई सेवामा कायम राख्नसरकारले उपाय खोज्नैपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्