१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रहरी र विप्लपका कार्यकर्ताबीच दोहोरो झडप

धनगढीको चौराहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ। जनआन्दोलन दिवसको अवसर पारेर सरकारविरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।

कृषिमा करमुक्त प्रदेश बनाउँछौं : मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषिमा कर नलिई प्रदेश सरकारले उल्टै सहुलियत दिने बताएका छन्। कृषिमा परनिर्भरता बढ्दै गएकाले कर होइन बिदेश गएकालाई देशमै फर्किने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

सम्बन्धको पुरानीकरण

प्रधानमन्त्री केपी ओली पुनः भारत भ्रमणमा जानुभएको छ । पुनः किन भनियो भने यो भन्दाअघि पनि प्रधानमन्त्री हुँदा उहाँ भारत जानुभएको थियो । अहिले फेरि प्रधानमन्त्री बन्नुभएको छ । र, फेरि भारत जानुभएकाे छ ।

बसको ठक्करबाट एकको मृत्यु

भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार साँझ यात्रुवाहक बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

बसको ठक्करबाट दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहास्थित सडकमा शुक्रबार बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

स्थानीय तहमा कर्मचारी अभाव

उदयपुरका कतिपय स्थानीय तहमा दरबन्दी अनुसार कर्मचारी सामायोजन हुन नसक्दा काम गर्न कठिनाई हुँदै आएको छ । स्थानीय पुनर्संरचना भएर सञ्चालनमा आएको वर्षदिन बित्न लाग्दासम्म पनि कर्मचारी समायोजन नगरिँदा स्थानीय तहहरुका कामकाज प्रभावित हुँदै आएको हो।

करेन्ट लागेर एकको मृत्यु, तीन घाइते

धनगढीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।  धनगढी उपमहानगरपालिका–११ बेलाको वनखेतका १४ वर्षीय अमन चौधरीको मृत्यु भएको छ भने सोही स्थानका १२ वर्षीय सागर पनेरू, १५ वर्षीय अर्जुन कठायत र १४ वर्षीय नविन कठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।

घर जान खोजेका कर्मचारीलाई पिंजडा राख्दैनौ : मन्त्री पण्डित

‘नानाथरी सुविधा लिएर घर जान्छु भन्ने होईन पहिला कर्म गर अनि फल आँफै मिल्नेछ। घर जान खोजेकालाई पींजडा र हतकडी खोजी खोजी थुनेर राख्नु मलाई छैन,’–सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पंण्डीतले भने। उनी भन्छन्, कर्मको कमीका कारण नेपाल र नेपाली गरिब भयो, देश अविकसित, सुशासनको कमी, सेवा प्रवाह समेत सहज र सरल हुन सकेको छैन।

जबरजस्ती करणी गर्ने झा पक्राउ

ज्यान मार्ने र जबरजस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउमा परेका एक जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ।

मिनीट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

बूढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा  शुक्रबार बिहान मिनीट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।

बेमौसमी तरकारी खेतीमा आकर्षित

धादिङको थाक्रे गाउँपालिका ६, रानीबारीका एकबहादुर कार्कीले बारीभरी तरकारी लगाएका छन्। उनी तरकारीको रेखदेखमा नै व्यस्त देखिन्छन्। प्लास्टिक हाउस (टनेल) भित्र बेमौसमी गोलभेडा खेती लगाउन उनी बिहानैदेखि तल्लीन हुन्छन्।

स्वस्थ्यकर मासु बिक्री गर्न पशु बिज्ञको आग्रह

पशु स्वास्थ्यका जानकारहरूले मासुलाई राम्ररी पकाएर मात्र सेवन गर्न उपभोक्तालाई र स्वस्थ्यकर मासु बिक्री गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्।

प्राधिकरणद्वारा एक खर्बभन्दा बढी खर्च

राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म एक खर्ब एक अर्ब ६२ करोड निर्माणका क्षेत्रमा खर्च गरेको छ।

करोडौं खर्च हुँदा पनि बनेन सार्वजनिक शौचालय

अधिकांश घरधुरीमा शौचालय नै निर्माण नभएको अवस्थामा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी थालिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्