७ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

बसको ठक्करबाट एकको मृत्यु

चितवन – भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार साँझ यात्रुवाहक बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। 

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख २५५५ नंको बसले ठक्कर दिँदा स्थानीयवासी ६० वर्षीय शंकर आलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनापछि स्थानीयवासीले बसमाथि तोडफोड गरेका छन्। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

प्रकाशित: २३ चैत्र २०७४ १६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App