२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

व्यवसायि रानाद्वारा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई २५ सिलिण्डर अक्सिजन सहयोग

निर्माण व्यवसायि महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन उपलब्ध गराएका छनन्। उनले २५ सिलिण्डर अक्सिजन खरिद गरेर प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन्।

धरानमा एक संक्रमितको निधन

प्रतिष्ठानका अनुसार कोभिड अस्प्पतालमा धरान १६ का ४१ बर्षीय पुरुषको आज बिहान ९ बजेर ४ मिनेटमा मृत्यु भएको हो।

कोभिड महामारीमा पनि वीपी प्रतिष्ठानमा तालाबन्दी

कोभिड संक्रमणको दोस्रो लहर तीव्रदरमा वृद्धि भइरहँदा प्रदेश नं. १ कै ठूलो स्वास्थ्य संस्थामा भने आन्दोलन र तालाबन्दीको शृंखलाले अस्थिर बन्दैछ।

कोरोना नियन्त्रणमा सरकार असफल : नेपाली काँग्रेस

वर्तमान सरकारको चरम लापरवाही, गैरजिम्मेवारपूर्ण रवैया र असंवेदनशील कार्यका कारण देशको राजनीति अनिश्चित, अन्योल र संकटग्रस्तमात्र नभई कोरोना १९ महामारीका कारण मानवीय जीवनको रक्षा गर्न सरकार असक्षमसमेत भएको जनाएको छ।

दाङ र बुटवलमा अक्सिजन अभाव भएपछि बिरामी पोखरासम्म

राजधानी काठमाडौं सहित बुटवल, दाङ, नेपालगञ्जका अस्पतालमा त अक्सिजनको हाहाँकार नै हुन थालेको छ । बुटवलका अस्पतालले त अक्सिजन नभएको भन्दै बिरामी भर्ना लिनै छाडेका छन् । अन्यत्रका अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि अहिले पोखरामा उपचारकै लागि भनेर टाढा टाढाबाट समेत बिरामी आउन थालेका छन् ।

सुत्केरी तथा बच्चावार्डलाई कोरोना अस्पताल बनाइँदै

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तगर्तको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले नवनिर्मित सुत्केरी तथा बच्चा वार्ड भवनलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको छ ।

चिकित्सक कोरोना उपचारमा खटिँदा ओपिडी सेवा बन्द

कोरोना संक्रमणको जोखिम बढेको भन्दै जोखिम कम गर्न ओपिडी सेवा बन्द गरेको हो। आकस्मिक सेवामार्फत उपचार भइरहेको निमित्त अस्पताल निर्देशक डा.राजीव शाहले जानकारी दिए।

इन्टरनेट खरिदमा सुविसुसँगको सम्झौता भंग

प्रतिष्ठानले अब खुला बजार नीतिअनुसार इन्टरनेट सेवा प्रदायकहरुसँग इन्टरेनट सेवा खरिद गर्ने निर्णय पनि गरेको छ। यो निर्णयसँगै पाँच दिनअघि तीन पदाधिकारीहरुको कार्यकक्षमा लागेको तालाबन्दी पनि खुलेको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तयारीः पिपिई र मास्कसँगै अक्सिजन पर्याप्त छैन

कोभिडको दोस्रो लहर बिस्तारै बढ्दै गएको छ । पोखरा पनि दोस्रो लहरको चपेटामा पर्ने खतरालाई न्यूनिकरण गर्न स्वास्थ्यसँग सरोकार राख्ने निकायले पिपिई, मास्क र अक्सिजन पर्याप्त नहुँदा उपचारमा समस्या हुने जिकिर गरेका छन्।

आलोपालो कक्षा सञ्चालन गर्न सरकारको आग्रह

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ।

बेपत्ता बनेकाे छोरो १९ वर्षपछि घर आइपुग्दा...

खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोईराला बेपत्ता भएको १९ वर्षपछि घर आइपुगेका छन्। १७ वर्षको उमेरमा २०५८ सालमा काठमाडौं सानेपाबाट बेपत्ता भएका विज्ञान बुधबार घर आइपुगेका हुन्। नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाई सुवास कोईरालाले घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) पुर्‍याएका हुन्।

चिकित्सा शिक्षा आयोगको टोली जुम्लामा

चिकित्सा शिक्षा आयोगको टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेको छ। कर्णाली प्रतिष्ठानमा एमबीबीएस अध्ययनको लागि आवश्यक तयारी बारे अनुगमन गर्न डा. सतिसकुमार देवको टोली जुम्लामा पुगेको हो।

महिला पुरुषको पूर्वनिर्धारित भूमिका के आजको दिनमा पनि उपयुक्त छ त?

लैंगिकताका विगत तथा वर्तमान अवस्था र भोगाइको उजागरका लागि नेपाल रिपब्लिक मिडियाकी सिइओ सम्वृद्धि ज्ञवालीले ‘मम्मा नेपाल’ कार्यक्रममार्फत् प्रोफेसर डा. संगिता रायमाझी, अधिवक्ता उषा मल्ल र मनोविज्ञ करुणा कुंवरसँग कुराकानी गरेकी छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिको प्रक्रिया रोक्न अन्तरिम आदेश

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्तिको प्रक्रिया तत्काल यथास्थितिमा राख्नका लागि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

मन्त्रालयको निर्देशन मानेनन् स्थानीय तहले

स्थानीय तहहरूले विज्ञप्ति जारी गर्दै भर्खरै मात्र कोरोना कहरबाट बाहिरिएर तंग्रिरहेका शैक्षिक संस्था अब बन्द गर्न नसकिने मन्त्रालयको निर्देशन मान्न नसकिने जवाफ दिएका छन्। यसले संघीयतामा केन्द्रको निर्णय स्थानीयले नटेर्ने गरेको प्रष्ट पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्