२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

विज्ञान, स्वास्थ्य र समाजशास्त्र

निको नहुने अर्बुद रोगको इलाजमा गरिबले आफ्नो घरबार धरौटी राखेर अस्पतालको बिल भुक्तानी गर्ने, पछि बिरामी पनि सन्चो नहुने अनि पूरा परिवार सडकमा आउने परिस्थितिमा पुनर्जागरणको आवश्यकता देखियो। त्यस्तै अवस्थाको पुनरावृत्ति कोरोनाका सम्बन्धमा पनि नहोला भन्न सकिन्न।

उपत्यकाको तुवाँलो अझै केही दिन स्थिर रहने

यसबाट हुने प्रदूषणका कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनु परेमा मास्क लगाउन हुन तथा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आइतबारसम्म आकाशमा बाक्लो तुवाँलो

आइतबारसम्म मौसम स्थिर रहने विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए। उनका अनुसार सोमबारदेखि केही बादल विकसित भई हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना रहेको छ।

एकै खाले प्रतिष्ठानमा बनेको मापदण्डमा कर्णालीलाई बिभेद

गत फागुन २४ गते सरकारले पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि सूचना निकाल्यो। उपकुलपतिको कार्यकाल सकिएपछि नयाँ उपकुलपति नियुक्तिका लागि सरकारले थालेको यो कार्य निकै बिभेदपूर्ण छ।

खान्की, जीवाणु र शरीर

परिमार्जन विज्ञानको आधार हो। आजको वस्तु तथा सेवालाई भोलि अझ असल बनाउनु विज्ञानको मर्म हो, अनुसन्धानको धर्म हो। तत्कालका आविष्कारले पुष्टि गरेका तथ्यको जगमा विगतका धारणा परिवर्तन गर्नु वैज्ञानिकको कर्तव्य हो। मानव जीवनलाई भोलिका दिनमा अझ असल बनाउन अनुसन्धान गरिन्छ।

नाभाल्नीलाई विष सेवन गराइएको समाचारबारे छानबिन गर्न आग्रह

नाभाल्नीलाई शनिबार मस्कोदेखि करिब २ सय किलोमिटर टाढा भ्लादिमिर क्षेत्रमा रहेको एक जेलमा सारिएको थियो। उनलाई रूसी अदालतले २.५ वर्ष जेल सजाय तोकेको छ। विज्ञहरूले उनलाई जेलबाट विना शर्त रिहा गर्नुपर्ने धारणा दोहोराएका हुन्।

प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. रावल

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा मङ्गल रावललाई जिम्मेवारी दिएको छ।

प्रि–मनसुन सुरु, आजदेखि जाडोयाम समाप्त

आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ। अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ।

दक्षिण एसियाली एन्टिडोपिङको बोर्ड सदस्यमा डा. शाह

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा विज्ञको रूपमा कार्यरत डा. शाह आगामी सन् २०२४ फेब्रअुरीसम्मका लागि नियुक्त भएका हुन्। युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रेमराज खरेलद्वरा हस्ताक्षरित पत्रअनुसार डा। शाहले उक्त जिम्मेवारी पाएका हुन्।

वीपीमा सहमतिपछि उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा लागेको ताला खुल्यो

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा लागेको ताला खुलेको छ। आन्दोलनरत चिकित्सा तथा दन्तचिकित्सा शिक्षण कल्याण समाजसँग आज भएको वार्तामा सहमति भएपछि ताला खुलेको हो।

वीपी प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तालाबन्दी

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति कार्यकक्षमा तालाबन्दी भएको छ। प्रतिष्ठानस्थित चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले आफ्ना मागहरु पूरा नभएको भन्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकक्षमा आज तालाबन्दी गरेको हो। समाजले यसअघि माघ २३ गते नै प्रतिष्ठानका रेक्टर डा.गुरु खनालको कार्यकक्षमा पनि तालाबन्दी गरेको थियो।

विज्ञापन वोर्डमा विज्ञापन संघलाई नसमेटिनु दुखद : महासचिव घिमिरे

नेपाल विज्ञापन संघका महासचिव कृष्ण घिमिरेले सरकारले गठन गरेको विज्ञापन बोर्डमा विज्ञापन संघ लाई नसमेट्नु दुखद भएको बताएका छन्। सुनसरीको इटहरीमा पाथीभरा एड्भरटाइजीङ तथा पाथीभरा जव लिंक प्रालिको सातौं तथा दोश्रो वार्षीकोत्सव कार्यक्रममा बोल्दै घिमिरेले सरकारको कदमले विज्ञापन बजारका लागि अनुपयुक्त रहेको बताएका हुन्।

शैक्षिक सत्र असार १ मा सुरु गर्न नियमावली संशोधन

चालु शैक्षिक सत्र आगामी जेठमा सकिने भएको छ। शिक्षा नियमावली संशोधन गरेर उक्त व्यवस्था गरेसँगै कोभिडका कारण प्रभावित विद्यालय तहको शैक्षिक सत्र कहिले सकिने भन्ने अन्योल पनि टुंगिएको छ। योसँगै नयाँ शैक्षिक सत्र २०७८ असार १ गतेदेखि सुरु हुने टुंगो लागेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

फेवाताल ड्याम मर्मतः तालबाट माटो निकाल्न विज्ञको सुझाव

ड्याम मर्मतका लागि अहिले फेवातालको जलाशय क्षेत्र घटाइएको छ। पानीको सतह दुई मिटरसम्म घट्ने अनुमान छ। पानीको सतह घटेको मौकामा सुख्खा क्षेत्रको माटो निकाल्न सके तालको गहिराइ बढाउन सकिने विज्ञहरूले सुझाव दिएका छन्। ताललाई बर्सेनि सिरान क्षेत्रबाट बगेर आएको ढुंगा, गिट्टी, बालुवाले पुर्दै लगेको अवस्थामा थुप्रिएको माटो किनाल्न सके तालको गहिराइ बढाउन सकिने विज्ञको भनाइ छ।

विज्ञान प्रविधिमा भारत र चीनको डंका : निरीह नेपाल

केही दिनपहिले सोसियल मिडियामा भारतीय जनता पार्टी समर्थित एउटा समूहले थालमाथि बलिरहेको दियो र सँगै एउटा सिरिन्जको फोटो साझा गर्दै लेखेको थियो– हामी थालमा दियो मात्र बाल्दैनौँ, संसारलाई कोभिडविरुद्धको भ्याक्सिन पनि दिन्छौँ । सो फोटोले गत वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीले थाल ठटाएर र बत्ती बालेर कोरोना भाइरस भगाउन गरेको आह्वानमाथि गरिएको कटाक्षको जवाफ दिन खोजेको आभास हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्