२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

पहिले भरिया, अहिले नेतृत्वकर्ता

सुरुवाती चरणमा हिमाल आरोहण गर्दा विदेशी आरोहीका भरिया बनेर सघाउने नेपालीहरू अहिले आरोहणकै नेतृत्वकर्ता बनेका छन्।

भन्सारबाट चोरिएको नौ किलो सुन तस्करकै हातमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ। वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन्।

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

नेपालमा लामो समयदेखि सुन तस्करी हुँदै आए पनि मुख्य मालिकभन्दा भरियाले सास्ती पाउने गरेका छन्। लगानीकर्ता र तस्करहरूले भरियामार्फत सुन ओसारपसार गर्ने गरेका छन्। त्यसकारण सुरुमा भरिया मात्रै पक्राउ पर्ने र मालिकहरूले उन्मुक्ति पाउने गरेका हुन्।

पर्यटक भरियाको शव सात महिनापछि भेटियो

म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविरबाट बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ।

भरियाका माध्यमबाट सुन तस्करी

तस्करले सेटिङ मिलाएर विदेशबाट सुन ल्याउँछन्प/ठाउँछन्। सेटिङमै विमानस्थलबाट सुन बाहिरिन्छ। पछिल्लोपटक शुक्रबार त्रिभुवन विमानस्थल हुँदै नेपालगन्ज पुर्‍याइएको चार किलो सुन बरामद भयो। आन्तरिक ट्रमिनलबाटै सुन बाहिरिएको आशंका छ।

अवैध ओसारपसार

अवैध ओसारपसारमा संलग्न भरियालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । त्यसकै आधारमा कारोबारका मुख्य व्यक्तिसम्म पुगेर यस किसिमका क्रियाकलाप नियन्त्रण गर्न जरुरी छ । तर त्यसका लागि प्रहरीले कुनै दबाब र प्रभावमा नपरी अनुसन्धान अघि बढाउन आवश्यक छ । यस्तो अवैध ओसारपसारको नेटवर्क पत्ता लगाएर त्यसलाई नियन्त्रण गर्न सकेमात्र सीमावर्ती क्षेत्रमा हुने अन्य किसिमका अपराध नियन्त्रण गर्न पनि सहज हुनेछ ।

भरियामार्फत अवैध रकम ओसारपसार

स्रोत नखुलेको करिब २२ लाख रूपैयाँसहित रौतहट प्रहरीले सोमबार एकजनालाई पक्राउ गरेको छ। गौर नगरपालिका–४ बसपार्क नजिकबाट नम्बर नभएको रातो रङको स्कुटरमा सवारलाई शंका लागेर चेकजाँच गर्दा २१ लाख ९० हजार रूपैयाँसहित रौतहटको परोहा नगरपालिका–१ का महम्मद दिलसाद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विदेशीसहित भरियाको मृत्यु

गण्डकी प्रदेशअन्तर्गत छुट्टाछुट्टै घटनामा एक विदेशीसहित दुई जनाको मृत्यु भएको छ। हिमालपारिको जिल्ला मनाङको ङिसाङ गाउँपालिका वडा नं ६ स्थित हिमालयन सिङ्गी होटलमा एक जापानी महिलाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

लागुऔषध कारोबारीको नयाँ सञ्जाल, भरिया बालबालिका

प्रतिबन्धित लागुऔषध चरेस ओसारपसारमा संलग्न भएको भन्दै सुर्खेतमा एक बालक पक्राउ परे। सेवनकर्ताभन्दा पनि उनि भरियाका रूपमा प्रयोग भएका थिए। उनिजस्तै मुगुमा पनि चरेस पास (एक ठाउँबाट अर्काे ठाउँ लिने) गर्दै गर्दा अर्का बालक पक्राउ परे। उनिजस्तै कर्णालीमा लागुऔषध कारोबार गर्ने गिरोहले बालबालिकालाई प्रयोग गर्दै आएको छ। लागुऔषधि बालबालिकाबाट सहजै ओसारपसार गर्न सकिने हुँदा उनीहरू बालबालिकालाई प्रयोग गर्ने गरेका हुन्।

गाँजा मालिकसहित दुईजना पक्राउ

भरिया मात्रै पक्राउ गरिरहेको प्रहरीले लागुऔषध कारोबारमा संलग्न मालिकलाई नै नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले ठूलो परिमाणको गाँजा ट्रकमा बिक्री गर्न लैजाँदै गरेका रौतहटको चन्द्रपुर नगरपालिका–८ का २६ वर्षीय गौरीशंकर यादवलाई पक्राउ गरेको जानकारी दिएको हो।

काम पाइँदैन, के खाने ?

शिरमा टोपी। झुस्स फुलेका दाह्री। सिन्धुपाल्चोकका ६० वर्षीय महेन्द्र पुरी काँधमा नाम्लो राखेर शनिबार बौद्धमा बसिरहेका भेटिए। उनी भारी बोक्ने कामको पखाईमा थिए। उनले भिडभाडमा हेताउता हेरे। तर, उनलाई कसैले पनि कामका लागि बोलाएनन्। त्यसपछि उनी निरास बने।

ढुङ्गा लागेर भरियाको मृत्यु

रुकुम जिल्ला बाफिकोट गाउँपालिका–४ घर भएका ३३ वर्षीय मानसिँ खत्रीको ढुङ्गा लागेर मृत्यु भएको छ।

‘मालिकको सुरक्षाका लागि भरिया समात्ने नाटकको अन्त्य, अब नाइके नै फन्दामा’

गृहमन्त्री रामबहादुर थापाले साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त छिट्टै पत्ता लाग्ने बताएका छन्।

भरिया काम छाडेर अलैँची व्यवसायमा

पर्यटकीय सिजनमा सोलुखुम्बुको लुक्ला गएर पर्यटकको भारी बोकेर कमाएको पैसाले आफ्नो बालबच्चा पढाउने र नुन तेलको जोहो गर्दै जेनतेन परिवारको गुजारा चलाउने कुमार कुलुङको दिनचर्या नै अचेल फेरिएको छ।

३३ किलाे सुन गायब, भरियाको हत्या

अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समूहले आफ्नै समूहका सदस्यको हत्यासमेत गर्न थालेका छन् । यही विवादमा असोजयता दुईजनाको हत्या भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्