१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

खुम्बुमा लेक लागेर भरियाको मृत्यु

सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक भरियाको ज्यान गएको छ । इनटेक कम्पनी काठमाडौँबाट सगरमाथा बेसक्याम्प जाने क्रममा दुधकौशीका ७ देउसाका २० वर्षीय पुर्णबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

भरियालाई होटेल पाउनै गाह्रो

तीन दिनदेखि लुक्लामा पर्यटक कुरेर बसिरहेका थिए, आङकामी शेर्पा । पर्यटक भेटिएपछि करिब ४० किलोको भारी बोकेर उनी फाप्दिङतिर लागे, जहाँ पुग्न उनलाई करिब पाँच घन्टा लाग्छ । होटलमा पुगेर उनले भारी बिसाए, नाम्लो फुकाए । अनि, हिँडे बस्ने बास खोज्न ।

‘भरियाको भूगोल’मा दिनेश

कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ कृति ‘भरियाको भूगोल’ आगामी शुक्रबार सार्वजनिक हुने भएको छ । तीन वर्षको विश्रामपछि सुरु हुन लागेको ‘पलेँटी शृंखला’मा उनको कृति सार्वजनिक हुन लागेका हो ।

प्रेम भरिया !

मलाई थाहा छैन अचेल प्रेम भरिया कता छ ? अचेल प्रेम बाँसुरी बजाउँछ कि बजाउँदैन, त्यो पनि मलाई थाहा छैन । हिजो राति सपनामा मैले प्रेमलाई देखेको थिएँ । सपनामा प्रेम, सातदोबाटोको भत्किएको प्रतीक्षालयछेउ डिलमा बसेर बाँसुरीमा अनौठो शोकधुन बजाइरहेथ्यो ! के उसले त्यो दिन हाम्रो सपनाको चिहान बनाएर जलाएको थियो सातदोबाटोमा ? ओ चरिकोट .... !

लागुऔषधका भरिया नजिकमात्र पुग्छ प्रहरी

झापा-ज्यालामा लागुऔषध ओसार्न खटिनेहरु समातिने तर मुख्य धन्दावालाहरु प्रहरी पहुँचबाट सधैँ जोगिने समस्याले लागु औषध तस्करीको जालो तोड्न प्रहरी असफल छ। जसका कारण झापालाई ट्रान्जिट बनाएर हुँदै आएको लागुऔषध कारोबार थप फराकिलो हुँदै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्