१० मंसिर २०८१ सोमबार
image/svg+xml

कर्नाटकमा बिजेपीलाई धक्का

कर्नाटकको विधानसभा चुनाव राष्ट्रिय मुद्दाको साटो स्थानीय मुद्दामा केन्द्रित हुँदा भारतीय राष्ट्रिय कांग्रेसले बाजी मारेको छ।

खुमलटारमाथि एनआरटीको नाटकीय जित

खुमलटार क्लबमाथि ३–२ को नाटकीय पुनरागमन जित निकाल्दै न्युरोड टिम (एनआरटी) राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगतालिकाको नवांै स्थानमा उक्लिएको दिन शुक्रबार नेपाल पुलिसले संकटालाई २–१ गोलअन्तरले पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ।

पोखरामा नाटकको अन्तर्राष्ट्रिय सेमिनार गरिँदै

नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार पोखरामा हुने भएको छ। नेपाल नाट्य प्रतिष्ठान पोखराको आयोजनामा हुने सेमिनारको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ।

दुर्दान्त नाटकको परिदृश्य

आफ्ना कमजोरी र अभिमान त्याग्न सकेनन् भने आज जो सर्वशक्तिमान देखिएका छन्, ती खरानी बनेर हावामा उड्नेछन्।

राष्ट्रपति निर्वाचनको अन्तर्य

आफ्नो दलको पात्र नै राष्ट्रपति हुनैपर्ने अड्डी कस्नुको अन्तर्य ऐनमौकामा उक्त पदबाट अनुचित फाइदा लिन सकिन्छ कि भन्ने अभीष्टबाहेक के हुन सक्छ र?

प्रधानमन्त्रीमा दाहालको नाटकीय छलाङ

सरकारको पाँचवर्षे कार्यकालको सुरुको साढे दुई वर्ष दाहाल र त्यसपछि ओली प्रधानमन्त्री हुने सहमति भएको छ। एमालेले राष्ट्रपति र सभामुख पद पनि पाउने सहमति भएको छ।

‘हामीलाई जिताए मंगल ग्रहबाट घरघरमा ग्यास’

नाटकले लोकतन्त्र, गणतन्त्र, संघीयताको मर्मअनुकूल नागरिक जीवनमा अपेक्षित सकारात्मक प्रभावन नदेखिएको विषयमा जोड दिएको छ। देश संघीयतामा गएपछि पनि उखु बेचेको रकमको भुक्तानी तथा मल र बिउका लागि किसान काठमाडौंमा आएर संघर्ष गर्नुपर्ने बाध्यता, मिटरब्याजपीडितको आन्दोलन, बढ्दो बलात्कार, द्वन्द्वपीडितका मुद्दा, नागरिकता पीडितको संघर्ष, मौलिक हक कार्यान्वयनमा सरकारको उदासीनताजस्ता विषय नाटकका माध्यमबाट देखाइएको छ

अपहरण गरेको नाटक गर्ने व्यक्ति नियन्त्रणमा

अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ।

विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट

कोरोना भाइरस संक्रमणको त्रासका कारण रोकिएको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट सुरु हुने भएको छ। महोत्सव चारदिनसम्म चल्ने आयोजक पोखरा थिएटरले जानकारी दिएको छ।

सार्वभौमसत्ताको हत्या

ठूलो साहस गर्दै जनताले विदेशीले हातगोडामा बाँधिदिएका फलामका जञ्जीर चुँडाएर विद्रोह गरे भने नेपाल सुरक्षित रहला नत्र सार्वभौम सत्ताको हत्या निश्चित छ।

महोत्सवका लागि १६ नाटक छनोट

पोखरा थियटरले आगामी माघ ११ देखि १५ गतेसम्म पोखरामा हुने दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवका लागि १६ वटा नाटक छनोट गरेको छ।

मातृभाषामा जनचेतनामूलक सडक नाटक प्रदर्शन

रौतहटका नवयुवक कलाकारहरुले मातृभाषामा जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेका छन्। निर्बिज नाट्य समूह तथा सरिता फाउन्डेसनको प्रस्तुतिमा रौतहटका नवयुवक कलाकारहरुले मातृभाषा बज्जिका सडक नाटक प्रदर्शन गरेका हुन्।

पोखरामा विद्यालय नाटक महोत्सवको तयारी

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको दोश्रो संस्करण हुने भएको छ। आगामी माघ ११ देखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिने आयोजक पोखरा थिएटरले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्