४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

पोखरामा नाटकको अन्तर्राष्ट्रिय सेमिनार गरिँदै

नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार पोखरामा हुने भएको छ। नेपाल नाट्य प्रतिष्ठान पोखराको आयोजनामा हुने सेमिनारको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ। 

वैशाख २८ देखि ३ दिनसम्म पोखरामा चल्ने उक्त सेमिनारमा नेपाल सहित भारतबाट समेत विषय विज्ञ सहभागी हुने प्रतिष्ठानका अध्यक्ष प्राडा रामचन्द्र पोखरेलले बताए। सेमिनारमा नेपालको तर्फबाट प्रतिष्ठानका अध्यक्ष पोखरेल लगायत प्राडा सावित्री मल्ल कक्षपती, डा.अशोक थापा, डा.कान्छी महर्जन, डा.नारायणदत्त पन्थ, पुरु लम्साल, तारा पोखरेल र गीता सापकोटाले कार्यपत्र प्रस्तुत गर्नेछन्।

त्यस्तै भारतबाट डा.सुकराज दियाली (सिलिगुढी), डा.वीरबहादुर विश्वकर्मा (सिलिगुढी), पूर्णकुमार शर्मा (आसाम), तेजमान् बराइली (सिक्किम), नवीन पौड्याल (कालेबुङ, दार्जिलिङ), योगेश खाँती (दार्जिलिङ), युवराज काफ्ले( सिलिगुढी), शरदकुमार क्षेत्री (कालेबुङ), धर्मराज थापा (दिल्ली) र संजीव गुरुङ (कलकत्ता)ले कार्यपत्र प्रस्तुत गर्ने प्रतिष्ठानले जनाएको छ।

सेमिनारमा नेपाली तथा भारतीय नाटक र रंगमञ्चको खोज अनुसन्धानबारे बहस तथा छलफल हुनेछ। सेमिनारको निष्कर्षलाई एकीकृत रुपमा प्रकाशन गर्ने उद्देश्य राखिएको पनि पोखरेलले बताए। सम्भव भएसम्म नेपाली नाटकलाई अङ्ग्रेजी भाषामा अनुवाद गरी प्रकाशन गर्ने लक्ष्य पनि रहेको उनले बताए। नेपाली कला, कौशल, सङगीत, नाटक, रङगमञ्च तथा समग्र संस्कृति एवम् नेपाली साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले २०७८ सालमा स्थापित प्रतिष्ठानले सेमिनार गर्न लागेको हो।  

प्रकाशित: २५ वैशाख २०८० १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App