२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सुदूरपश्चिममा एकै दिन १७ जनाको मृत्यु (अपडेट)

सुदूरपश्चिममा एकै दिनमा मृत्यु भएको यो संख्या अहिले सम्मकै सर्वाधिक हो। यस अघि बैशाख २० गते सोमवार एकै दिन १४ जनाको मृत्यु गएको थियो। स्वास्थ्य निर्देशनालयका अनुसार बिहिवार कन्चनपुरमा ८ , कैलालीमा ६, बझाङमा १, अछाममा १ र दार्चुलामा १ गरि १७ जनाको संक्रमितको संक्रमणले मृत्यु भएको छ।

अक्सिजन अभावमा दुई संक्रमितको मृत्यु

अक्सिजनको अभावमा भक्तपुरमा दुईजना कोरोना संक्रमित बिरामीको निधन भएको छ। जिल्लाको कौशलटारस्थित भक्तपुर इन्टर्नेशनल हस्पिटलमा उपचाररत दुई जना बिरामीको निधन भएको हो।

१५ घण्टाभित्र बाँकेमा थप १२ जनाको मृत्यु

। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालमा ९ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना र एक जना संक्रमितको बाटोमै मृत्यु भएको हो। संक्रमित अधिकांसको रातको समयमा मृत्यु भएको छ।

यार्सा लिन लुकिछिपि पाटन पुगेका एक जनाको लेक लागेर मृत्यु

यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ।

बुटवलमा थप ४ संक्रमितको मृत्यु

यससंगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २४ पुगेको छ। पछिल्लो समय गम्भिर स्वास्थ्य समस्या देखिएपछि अस्पताल आउने संक्रमितको संख्या हवात्तै बढेको छ। चिकित्सकहरुका अनुसार अस्पताल आएका मध्ये अधिकांश आइसीयुमा राखेर उपचार गर्नु पर्ने अवस्थाका छन्।

बैतडीमा कोरोनाबाट शिक्षकको मृत्यु

‘ती शिक्षकलाई अस्पताल पर्‍याउँदा बेहोस अवस्थामै थिए। अक्सिजन दिएपछि होसमा आएपनि राती उनको मृत्यु भयो।’ कोरोना संक्रमित ति शिक्षकको शरीरमा अक्सिजनको मात्रा निकै कम भएकाले मृत्यु भएको डा.जोशीले बताए।

कोरोना संक्रमणबाट बाँकेमा थप दुईको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा थप २ जनाको मृत्यु भएको छ। भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

विद्युतको पोलबाट करेन्ट लाग्दा बालकको मृत्यु

माटी फुटेर पोलमा प्रवाह भएको करेन्ट लाग्दा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका १० वर्षीय बालक टिकीहाङ राईको मृत्यु भएको हो।

रौतहटका थप दुई संक्रमितको मृत्यु

यसअघि सदरमुकाम गौरको महादेवपटि गाउँका एक ज्येष्ठ नागरिकको मृत्यु भएकोमा मंगलवार थप दुई संक्रमितको मृत्यु भएको हो।

आठ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो। आफ्ना साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको बताइएको छ।

दुई बेहुलीसहित तीन युवतीको कोरोनाबाट मृत्यु

सरकारले कोरोना महामारीकाबीच पनि बिहेको अनुमति दिइरहेकै बेला बिहे र जात्राामा सरिक तीन युवतीको संक्रमणबाट मृत्यु भएको छ। राजधानीका कोभिड उपचारमा सलग्न अस्पतालका अनुसार उनीहरूको कोरोनाका कारण निमोनिया भएपछि मृत्यु भएको हो।

एकै दिन ५५ को मृत्यु

विगत २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट एकै दिन यति धेरैको मृत्यु भएको यो पहिलोपटक हो। मंगलबारसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४ सय १७ पुगेको छ।

कोराेनाबाट सेती अस्पतालमा ६ जनाको मृत्यु

सुदूरपश्चिममा नयाँ भेरियन्टसहितकाे कोराेना भाइरसको संक्रमणले सेती प्रादेशिक अस्पतालमा ६ जनाको मृत्यु भएको छ।

मोरङमा ६ जना कोरोना संक्रमितको मृत्यु

मोरङमा कोरोना भाइरसको संक्रमणबाट छ जनाको मृत्यु भएको छ। मोरङको बेलबारीमा होम आइसोलेसनका १ जना, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ४ जना र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जना गरि छ जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

चट्याङ लागेर वडा सदस्यको मृत्यु

सोमबार राती साढे ८ बजे परेको चट्याङ लागेर पञ्चेश्वर गाउँपालिका–६ का वडासदस्य गोविन्दसिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्