२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

१५ घण्टाभित्र बाँकेमा थप १२ जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा वितेको १५ घण्टाभित्रमा थप १२ जनाको मृत्यु भएको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालमा ९ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना र एक जना संक्रमितको बाटोमै मृत्यु भएको हो। संक्रमित अधिकांसको रातको समयमा मृत्यु भएको छ।  

शान्तिनगर–६ दाङकी ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहिबार(आज) बिहान ९ बजेर १५ मिनेटमा मृत्यु भएको हो। यही बैशाख १६ गते दाङमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएको थियो। त्यसपछि उनी बुधबार मात्र मेडिकल कलेजमा आएर भर्ना भएकी थिईन्।  

नरैनापुर–१ बाँकेका ५६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा यही बैशाख २० गते एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना पष्टि भएको थियो। भोलीपल्ट नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना भएपनि स्वास्थ्यमा सुधार नआएपछि बिहीबार बिहान ७ बजे मृत्यु भएको हो।

यस्तै कोहलपुर–१ बाँकेका ७३ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। काठमाडौंस्थित एक प्रयोगशालामा बुधबार पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। उनलाई काठमाडौंबाट घरतर्फ ल्याउँदै गर्दा बिहिबार बिहान ५ बजेतिर बाटोमै मृत्यु भएको हो।  

नेपालगन्ज–१९ बाँकेका ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बागेश्वरी ल्याबमा पिसिआर परीक्षण गराउँदा यही वैैशाख १८ गते कोरोना पोजेटिभ पुष्टि भएपछि भोलीपल्ट उनी भेरी अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीबार बिहान ४ बजेर ३० मिनेटमा मृत्यु भएको हो।  

नेपालगन्ज–१०  बाँकेकै ७८ वर्षीय पुरुषको पनि भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। यहि व्ैशाख २० गते भेरी अस्पतालमा पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ भएपछि उनी बुधबार मात्र भेरी अस्पतालमै भर्ना भएका थिए। स्वास्थ्य अवस्था जटिल बनेपछि बिहीबार बिहान १ बजेर ४० मिनेटमा मृत्यु भएको हो।  

यसैगरी नेपालगन्ज–४ बाँकेका ५५ वर्षीय पुरुषको भेरी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पतालमा यही बैशाख १८ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएपछि भोलीपल्ट भेरी अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार नआएपछि बुधबार राती १२ बजेर ३० मिनेटमा मृत्यु भएको हो।  

नेपालगन्ज–१० बाँकेका २७ बर्षिय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा बुधबार राती १० बजेर २० मिनेटमा मृत्यु भएको हो । यही बैशाख १९ गते भेरी अस्पतालमा भर्ना भएका उनले भोलीपल्ट पिसिआर परिक्षण गराउँदा कोरोना पोजेटिभ भएको थियो।  

त्यस्तै कोरोना संक्रमणबाट नेपालगन्ज–१ बाँकेका ५८ वर्षीय पुरुषको मृत्यु भएको छ। बैशाख २० गते भेरी अस्पतालमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार नआएपछि बुधबार राती १० बजेतिर भेरी अस्पतालमै मृत्यु भएको हो।  

कोहलपुर–५ बाँकेका ३४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यही बैशाख १३ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएपछि भोलीपल्ट मेडिकल कलेजमै भर्ना भएका थिए। स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि उनको बुधबार राती ९ बजेर ४० मिनेटमा मृत्यु भएको हो।  

त्यसैगरी भेरी नगरपालिका–४ जाजरकोटकी ४३ वर्षीया महिलाको पनि भेरी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको छ। यही वैैशाख १९ गते जाजरकोटमा पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएपछि वैशाख २२ गते बुधबार भेरी अस्पतालमा आएर भर्ना भएकी थिईन्। सोही दिन राती ९ बजेतिर उनको मृत्यु भएको हो।  

नेपालगन्ज–१० की ७८ वर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ। सोही अस्पतालमा यही वैैशाख १७ गते पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि वैशाख १९ गते उनी भर्ना भएकी थिईन्। स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि बुधबार बेलुकी साढे ७ बजेतिर मृत्यु भएको हो।

यस्तै नेपालगन्ज–१२ बाँकेका ४५ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। भेरी अस्पतालमा यही वैशाख १७ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। सोही दिन अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि बुधबार बेलुकी ६ बजेर १५ मिनेटमा मृत्यु भएको हो।  

यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५८ र बाहिरी जिल्लाबाट बाँकेमा आएर उपचार गराएका १ सय २८ जनाको मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए। मृतकको शव नेपाली सेना र परिवारको समन्वयमा ब्यवस्थापन कार्य भइरहेको उनले बताए।

प्रकाशित: २३ वैशाख २०७८ ०५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App